ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामपुर नगरपालिकाको सहयोगमा अपांगतालाई सिलाइ मेशिन वितरण


bhawani desk

पाल्पा, १८ असार । रामपुर नगरपालिकाका अपांगता भएका नागरिकलाई सिलाइ मेशिन वितरण गरिएको छ ।

अपांगता र अभिभावकमैत्री संघको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा नगरपालिकाका १० जना अपांगता व्यक्तिलाई सिलाइ मेशिन वितरण गरिएको हो ।

नगरक्षेत्रभित्र रहेका सिलाइसम्बन्धी ज्ञान आर्जन भएका १० वटै वडाका प्रत्येक वडाका एक÷एक जना छनोट गरी मेशिन वितरण गरिएको समितिका अध्यक्ष पीताम्बर भट्टराईले बताएका छन ।

मेशिन वितरण गर्दै नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले यस्ता खालका कार्यक्रमले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए । उनले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम नगरपालिकाले ल्याउने बताए ।

विद्यार्थीलाई शैक्षिक सामग्री, अभिभावकलाई सचेतना

दलित उत्थान समन्वय समिति रम्भा गाउँपालिका–३ पाल्पाको आयोजनामा शैक्षिक सामग्री वितरण तथा जातीय छुवाछूत अन्त्यको लागि नेतृत्व विकाससम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम पिपलडाँडामा सम्पन्न भएको छ ।

कार्यक्रममा वडाभित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत करीब १७० जना दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री र अति विपन्न दलित परिवारका २५ जना विद्यार्थीलाई विद्यालय पोषाकसँगै शैक्षिक सामग्री वितरण गरिएको छ ।

यसैबीच सोही अवसरमा अभिभावकलाई सचेतनामूलक तालीम दिइएको छ । उनीहरुलाई दलित समुदायको अहिलेको अवस्था र प्राप्त अधिकारका बारेमा सहजीकरण गरिएको थियो । वडाभित्रका झण्डै ५० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com