ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

हिमवत् खण्ड कला साहित्य सम्मिलन परामर्श समिति गठन


bhawani desk
असार १७, २०७५ आईतबार  १ : ३६ बजे

काठमाडौं, १७ असार। प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा भानुजयन्तीका अवसरमा हुन लागेको ‘हिमवत् खण्ड कला साहित्य सम्मिलन–२०७५’ अन्तर्गत विशेष परामर्श समिति गठन भएको छ ।

गुरु बरालको संयोजकत्वमा गठित समितिमा मोदनाथ प्रश्रित, दीनानाथ शर्मा, प्रदीप गिरी, शान्ता मानवी, देवराज घिमिरे, डा तुलसी भट्टराई, डा विजय सुब्बा र प्रा डा उषा ठाकुर हुनुहुन्छ ।

दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा ‘हिमवत्खण्ड कला, साहित्य र संस्कृतिः विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ मूल उ्दघोषका साथ यहाँ यही असार २९, ३० र ३१ गते पहिलो कला साहित्य सम्मिलन हुँदैछ ।

हिमवत् खण्डमा आधारित कला, साहित्य र समृद्धिका आधारहरु पहिल्याउने तथा समृद्ध समाज निर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्का स्रष्टा तथा साधकका योगदानका पक्षहरु उजागर गर्ने सम्मिलनको उद्देश्य हुने छ ।

‘हिमवत् क्षेत्रका भाषाको उद्भव र विकासको आयाम’, ‘नेपालका भाषाहरुको साहित्यिक अवस्था र समृद्धिको यात्रा’, ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ र ‘नेपाली कला संस्कृतिको फैलिँदो आकाश’ विषयका कार्यपत्रसहित छलफल हुनेछ । ती कार्यपत्र प्रा डा माधवप्रसाद पोखरेल, प्रा डा जीवेन्द्रदेव गिरी, प्रा डा कविता लामा र ठाकुरप्रसाद मैनालीले प्रस्तुत गर्नुहुनेछ ।

सम्मिलनमा बहुसांस्कृतिक एवं साङ्गीतिक कार्यक्रम, बहुभाषिक कविगोष्ठी र हास्यव्यङ्ग्य साँझ हुनेछन् । तीनदिने कार्यक्रमअन्तर्गत अन्तिम दिन चन्द्रागिरिमा साहित्य र कलासम्बन्धी कार्यशाला तथा नेपाल बाहिरका नेपाली कविता एवं समृद्धिका निम्ति कविताको प्रस्तुति पनि हुनेछ ।

भारतका डा करण सिंह र नेपालका प्रा डा वासुदेव त्रिपाठी विशेष अतिथि रही समीक्षात्मक मन्तव्य पनि दिनुहुनेछ । प्रा डा राजेन्द्र सुवेदीको संयोजकत्वमा २०५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

समितिका सहसंयोजकमा प्रा डा बद्रीविशाल पोखरेल, तथा सदस्यमा डा विजय सुब्बा, प्रा डा कृष्णप्रसाद घिमिरे, डा विन्दु शर्मा, यशोदा अधिकारी, अनिल पौडेल, अशोक राई, श्याम रिमाल, दिनेश डिसी, देवी घिमिरे डा पुष्करराज भट्ट, फूलमान बल, श्याम सापकोटा, देशभक्त खनाल, प्रेमनाथ अधिकारी, युवराज बाँस्कोटा, शान्ता मानवी, वासुदेव अधिकारी, दयालबहादुर शाही, राम विनय र आरएम डंगोल तथा सदस्य सचिवमा डा. देवी नेपाल र कार्यालय सचिवमा जयन्ता पोखरेल र हरिप्रसाद भण्डारी हुनुहुन्छ ।

समारोहमा नेपालका सबै प्रदेश, भारत, म्यान्मा, भुटान तथा युरोप र अमेरिकाका नेपाली एवं नेपाली मातृभाषी विद्वान्, भाषाविद्, प्राध्यापक, साहित्यकार, कलाकार, राजनीतिकर्मी आदिको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही-३ मा ५० हजारभन्दा बढी मतान्तरसहित रास्वपाका डा. लेखजंग थापा विजयी

पर्सा–२ मा रास्वपाका सुशील साह कानु विजयी

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com