ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ८, २०८३ सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले सरकारसँग अंश खोज्यो – कानूनमन्त्री तामाङ


एबीसी न्यूज
असार १६, २०७५ शनिबार   ३ : ५६   बजे


काठमाडौं, १६ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल कांग्रेस इतिहासमै निरीह बनेर सरकारसँग अंश खोजेको आरोप लगाएका छन्।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री तामाङले कांग्रेसी नेताहरूलाई अहिले भाग पाइएन भनेर छटपटी भैरहेको आरोप लगाएका हुन्।
उनले भने,‘कांग्रेसका केही साथीहरू अहिले सरकारसँग अंश खोज्दैछन्, संवैधानिक नियुक्ति गर्नको लागि संसदीय समिति किन बन्न सकेन ? यसको कारण हो कांग्रेसले भाग खोज्नु, उसलाई विभिन्न समितिका सभापति चाहिएको छ, कहाँसम्म भने उसले कांग्रेसका जति सांसदहरूलाई एउटै समितिमा राख्नुपर्ने माग गरेको छ, यो कहाँको लोकतान्त्रिक कुरा हो ?’

मन्त्री तामाङले कांग्रेसले यसैगरी अंश खोज्ने हो भने सरकारमा सहभागी हुन समेत आग्रह गरे । उनले भने,‘प्रतिपक्षमा बसेर किन अंश खोज्नुहुन्छ, बरु आजदेखि हामी प्रतिपक्षमा बस्दैनौं भनेर हामीसँग हात जोड्न आउनुभयो भने सरकारमा स्वागत गर्न तयार छौं।’

कांग्रेसले भाग खोजेकै कारण संसदीय सुनुवाइ समिति बन्न नसकेको उल्लेख गर्दै मन्त्री तामाङले भने,‘सुनुवाइ बन्न नदिएर आफैं अड्काउने काम कांग्रेसले गरिरहेको छ, उल्टै प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र राजदूतलगायतको नियुक्ति किन ढिला गरेको भन्दै प्रश्न गर्छ, यो कांग्रेसको द्धेद्ध चरित्र हो।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुक समृद्धिको दिशामा अघि बढेकोले कांग्रेसलाई बाहिर राख्ने आफूहरूको विल्कुल कुनै चाहना नरहेको उनको भनाइ थियो ।

कांग्रेसका केही नेताहरूले त स्वयम कानूनमन्त्रीले नै कानून उल्लंघन गरेका छन् भनेर सार्वजनिक रूपमै आरोप लगाएका छन् नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘सरकार पूर्ण रूपमा कानून र संविधानको आदेश अनुसार नै चलेको छ, हामी कानूनी राज्य र संवैधानिक सर्वोच्चताको पक्षमा छौं, सरकारले जे जति आदेशहरू गरेको छ, ती सबै कानूनसहितका आदेशहरू हुन्, कानून बेगर हामी कुनै आदेश गर्दैनौं, प्रतिपक्षले खाली आरोपको लागि मात्रै आरोप लगाएको छ, सरकारले राम्रो काम गरेको देखेर प्रतिपक्षीलाई छटपटी भएको हो।’

कांग्रेसले सरकारसँग यसरी अंश माग्नु भनेको अहिले कांग्रेस दलको हैसियतमा नरहेको पुष्टि हुने मन्त्री तामाङको आरोप थियो । उनले भने,‘कांग्रेसले जति नै अंश खोजे पनि सार्वजनिक लेखा समितिबाहेक अन्य समिति पाउँदैन, यदि निर्वाचनमा बहुमत पुर्याउँछ भने सभापति लगे हुन्छ।’

कांग्रेस सरकारमा हुँदा र तत्कालीन नेकपा एमाले प्रतिपक्षमा हुँदा कांग्रेसले लेखा समितिको सभापति समेत आफूहरूलाई दिन नमानेको उनको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group