ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वच्छ चितवन बनाउने अभियानमा लाग्न एसपी राठौरको आग्रह


एबीसी न्यूज

चितवन, १५ असार । आम नागरिकलाई शान्ति शुरक्षा दिन रातदिन खटिने प्रहरीलाई सम्मान गर्नुपर्नेमा चितवनमा मदिरा सेवन गरेका युवाले डियूटिमा खटिएकमा प्रहरीमाथि दुव्र्यवहार गरेका छन् ।

प्रहरीमाथि दुव्र्यवहार गर्ने दुई जना युवालाई चितवन प्रहरीको नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वर्डा नम्बर २३ बस्ने बर्ष ३१ को गोपाल रम्तेल र भरतपुर महानगरपालिका वर्डा नम्बर ११ प्रगतीटोल बस्ने वर्ष ३२ को उमेश गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका मध्य रम्तेलले मादक पदार्थ सेवन गरी प्रहरी बिट कृष्णपुरको भवनमा ढुङ्गा प्रहार गरेका थिए भने गुरुङले मादक पदार्थ सेवन गरी भरतपुर महानगरपालिका ११ भोजाडचोकमा गस्तीमा खटिएको प्रहरी माथी हातपात गरेका थिए ।

पक्राउ परेका उनीहरु दुवैजनालाई सार्वजनिक (अपराध र सजाय) ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका जानकारी दिए ।

साथै , उनले गस्तीमा खटिएका प्रहरीलाई हातपात एवं दुब्यव्हार नगर्न सर्वसाधारणलाई अपिल समेत गरेका छन् । प्रहरीको बिषयमा कुनै कमीकमजोरी भए आगामी दिनमा आफुले सुधार्ने समेत एसपी राठौरले प्रतिवद्धता जनाएका छन् । स्वच्छ चितवन बनाउने अभियानमा लाग्न र प्रहरीलाई सहयोग गर्न जिल्लाबासीलाई आग्रह समेत गर्नुभयो ।
यसैबीच , चितवन प्रहरीले पछिल्लोपटक लागूऔषधमा कारोबारी र संलग्नलाई पक्राउ गर्न सक्रियता देखाउदै आएको छ ।
प्रहरीको विशेष टोलीले बिहीबार भरतपुर महानगरपालिका–३ नारायणगढ शहिदचोकबाट लागूऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नंं।९ बस्ने वर्ष १९ का खुर्सेद अन्सारी रहेका छन् ।

प्रहरीले उनको साथबाट लागूऔषध नाईट्राजेपाम २९ ट्यावलेट बरामद गरेको छ । पक्राउ परेका अन्सारीलाई प्रहरीले लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको एसपी राठौरले जानकारी दिए ।

एसपी राठौरले आफ्नु कार्यकाल अवधिभर जिल्लामा लागूऔषध दुरुपयोग तथा ओसारपसारलाई नियन्त्रण गर्न प्रहरी र समुदायसंँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com