ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इपीजी बैठक काठमाडौंमा सुरु, बनाउला साझा प्रतिवेदन ?


admin
असार १५, २०७५ शुक्रबार   १२ : ३३   बजे

काठमाडौं, १५ असार । नेपाल र भारतबीच रहेका सबै प्रकारका सन्धिसम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समुह ईपीजीको नवौं बैठक शुक्रबारबाट काठमाडौमा सुरु भएको छ ।

बैठकले हालसम्म भएका बैठकको प्रगतिलाई दुईपक्षीय साझा प्रतिवेदनको रुप दिदै सरकारलाई बुझाउने निर्णय गर्ने बताईएको छ । यसअघि काठमाडौंमा सम्पन्न पछिल्ला दुई बैठकमा सहभागी हुन नसकेका पुर्व राजदुत जयन्त प्रसाद समेत नवौं बैठकमा सहभागी हुनुभएको छ । उहाँकै सहभागीताका लागी भन्दै बैठक एक महिना ढिलो गरी राखिएको हो ।

यसअघि नयाँदिल्लीमा भएको आठौं बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय नटुंगिएपछि काठमाडौंमा नवौं बैठक तय भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै दिल्लीमा ईपीजीको आठौं बैठक बसेको थियो । असार २० मा ईपीजीको समय सिमा सकिदै छ ।

त्यसअघि हुने बैठक पहिल्यै नमिलेका विषय आदान प्रदानबाट मिलिसक्नुपर्ने भएपनि भारतीय पक्ष उदास देखिएको अवस्थामा यो बैठक सुरु भएको हो । नेपाली पक्षको संयोजन डाक्टर भेषबहादुर थापा र भारतीय पक्षको भगत सिंह कोशीयारीले गरिरहनुभएको छ । बैठक शनिबार सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group