ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचजना नेपालगञ्ज पठाइयो


bhawani desk
असार १४, २०७५ बिहीबार  ११ : ३१ बजे

बाजुरा, १४ असार। बाजुराको त्रिवेणी नगरपालिका–४ पिपलसैनमा बुधबार राति ७ः४५ मा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचजनालाई बयालपाटा लगिएकोमा त्यहाँको अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ ।

दुर्घटनामा परी घटनास्थलमा नै सोही नगरपालिकाका वडाध्यक्षसहित दुईजनाको मृत्यु भइसकेको छ । बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । जिप सडकबाट करीब ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका त्रिवेणी नगरपालिका–३ बस्ने वीरबहादुर शाही र टेकेन्द्र शाही, १ नं वडाका घनश्याम बूढा र रिनारी नेपाली र जिप चालक चन्द्रमणि मोहनीको अवस्था नाजुक भएकाले थप उपचार गर्न नेपालगञ्ज रिफर गरिएको अस्पतालले बताएको छ ।

उनीहरुको टाउको, ढाड र छातीमा चोट बढी लागेकाले बयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछि रिफर गरिएको बताइएको छ । दुर्घटनामा घाइते भएका पाँचजनालाई सामान्य उपचारपछि घर फर्काइएको अस्पतालले जनाएको छ । गम्भीर घाइतेमध्ये पाँचजना नै खतरामा रहेको अस्पतालको भनाइ रहेको छ ।

जिपमा चालकसहित सातजना सवार रहेका थिए । घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल, अछाम लगिएको थियो । घटनाको जानकारी लिन प्रहरी नायब उपरीक्षक सागर बोहरासहितको टोली पुगी दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

दुर्घटनामा मृत्यु भएका वडाध्यक्ष खम्म नेपाली र लालसरा बूढाको शव परीक्षणका लागि सदरमुकाम मार्तडीमा ल्याइने भएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।

चिप्लो र उकालो सडक भएकाले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज देशका यी भेगमा वर्षा र हिमपातको सम्भावना

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com