ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालू आवको २३ प्रतिशत बजेट खर्च


bhawani desk

धनगढी, ८ असार । प्रदेश नं ७ को प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४÷७५को बाँकी अवधिका लागि विनियोजन गरेको रकममध्ये जेठ महिनासम्ममा २३ दशमलव ४२ प्रतिशत खर्च भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको चालू आवको विनियोजित खर्च रकमको समीक्षासम्बन्धी विवरणमा विनियोजन भएको मध्ये चालूतर्फ रु आठ करोड ४४ लाख २२ हजार र पूँजीगततर्फ रु तीन करोड ८२ लाख ६९ हजारसमेत गरी जम्मा रु १२ करोड २६ लाख ९१ हजार खर्च भएको उल्लेख गरिएको छ ।

चालू आवको बाँकी अवधिका लागि रु एक अर्ब एक करोड ९४ लाख छ हजार विनियोजन गरिएको थियो । मन्त्रालयको विवरणमा प्रदेशसभा सचिवालयका लागि विनियोजन भएको मध्ये ४४ दशमलव एक प्रतिशत रकम खर्च भएको देखाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रु तीन करोड ८९ लाख तीन हजार विनियोजन भएकामा रु तीन करोड ५९ लाख ५४ लाख ९८२, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रु पाँच करोड ३६ लाख १५ हजार विनियोजन भएकामा रु ५७ लाख ८१ हजार खर्च भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित रु तीन करोड ५५ लाख २८ हजारमध्ये रु ९५ लाख ५९ हजार ५९८ र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि कूल विनियोजित रु पाँच करोड ४४ लाख ९४ हजारमध्ये रु एक करोड २१ लाख ८४ हजार खर्च भएको बताइएको छ ।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु चार करोड १६ लाख ७८ हजारमध्ये रु एक करोड १३ लाख ६९ हजार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु पाँच करोड ६० लाख ८५ हजार रकममध्ये रु एक करोड १० लाख ९६ हजार र सामाजिक विकास मन्त्रालयको रु आठ करोड ७५ लाख ५५ हजारमध्ये रु एक करोड १० लाख ७३ हजार र मुख्य न्यायाधिवक्ताको कार्यालयको रु ७१ लाख ८४ हजार रकममध्ये रु दुई लाख ६३ हजार मात्र खर्च भएको विवरण उल्लेख छ ।

अर्थ विविध शीर्षकमा छुट्याइएको रु ५६ करोड ४० लाख २३ हजारमध्ये खर्च हुन सकेको छैन । प्रदेशसभा बैठकमा बोल्ने प्रतिपक्षी प्रदेशसभा सदस्यले चालू आवका लागि विनियोजित बजेट कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउन पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागरिकता विधेयक प्रमाणीकरणसँगै संविधान ट्र्याकमा आयो : प्रचण्ड प्रधानमन्त्री

सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्य – अध्यक्ष ओली

सम्बन्धित

ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु

सुदूरपश्चिममा प्रदेश सभामा एमालेको घेराउ र प्रदर्शन

सुदूरपश्चिममा गठबन्धनबीच मिल्यो भागबन्डा, कसले कति मन्त्रालय पाए ?

ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित

दार्चुला हिमपहिरो : बेपत्ता थप एक जनाको शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...