ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले चीनको विश्वासलाई कमजोर बनाउन हुन्न :कुटनीतिज्ञ श्रेष्ठ (भिंडियों )


ABC NEWS


काठमाठौं २ असर । एबीसी न्युज । नेपालको इतिहासकै ठूलो कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको वर्तमान सरकारले दुर्इ छिमेक सम्बन्ध कस्तो बनाउछ भन्ने निकै चर्चा हुने गरेको छ । यसैको सन्दर्भमा भर्खरै भारत भ्रमण गरेर चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्इ देशबीचको सम्बन्धलाई नयाँ उचाईमा उठाउनकासाथै के कस्ता समझादारी र सम्झौता होलान् र नेपालको तर्फबाट सीमा, व्यापार, पर्यटन लगायतका विषयमा भ्रमण कति कामयावी बन्ला त भन्ने विषयमा निकै वहस शुरु भएको छ ।

यसै विषयमा एवीसी टेलिभिजनको आउट लुक कार्यक्रममा शुभशंकर कंडेल संग कुराकानी गर्दै परराष्ट्र विद् हिरण्यलाल श्रेष्ठका नजरमा प्रधानमन्त्रीको आसन्न चीन उपलब्धीमुलक रहने बताउछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असार ५ गतेदेखि चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । दोश्रो पटक प्रधानमन्त्री भएका ओलीले विगतका सहमति र संझौता कार्यान्वयन गर्ने विषयमा चीनको भ्रमण गर्न लागेका हुन् ।
शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले भ्रमणमा मुख्य गरि सीमा विवाद, व्यापार घाटा लगायतका विगतका महत्वपूर्ण संझौता कार्यान्वयनलाई गम्भीररुपले कुरा राख्नु पर्ने विज्ञहरुको सुझाव छ । सार्वभौम मुलुकका प्रधानमन्त्रीको हैसियतले दर्विलो गरि विगतका सम्झौता कार्यान्वयनसंगै सीमा विवादलाई सल्टाउने उचित समय आएको परराष्ट्रविद् प्राध्यापक हिरण्यलाल श्रेष्ठ बताँउछन् ।

प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धी सम्झौताको कार्यान्वयनमा केन्द्रित रहने छ । नेपालको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रालाई सफल बनाउन भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ सहयोग प्राप्त हुने प्रायः पक्का भएको छ । प्रधानमन्त्रीबाट भ्रमणका क्रममा चीनका उच्च राजनीतिक नेतृत्वसग हुने राजनीतिक परामर्श र दुई देशका प्रधानमन्त्री नेतृत्वमा हुने प्रतिनिधिमण्डल स्तरीय वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ ।

प्रधानमन्त्रीको भ्रमणका बेला चीनको स्वशासित क्षेत्र ९तिब्बत० का राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठ वटा सीमा नाका खोल्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनाका साथै केरुङ–काठमाडौ रेल मार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
संघीय संसदको पहिलो निर्वाचनबाट दुइतिहाई मतले प्रधानमन्त्री बनेका ओली दोश्रो पटक चीन भ्रमणमा जाँदै छन् । आर्थिक समृद्धिको कार्ययोजना लिएर सिंहदरबार छिरेका ओलीले दुई छिमकीसंग सम्बन्ध सन्तुलित मात्रै होइन, लाभको विषयलाई परिणाममा बदल्नुपर्ने दायित्व पनि उत्तिकै महत्वपूर्ण छ । आर्थिक समृद्धि लक्ष्य हासिल गर्न आन्तरिक लगानीसंगै बाह्रय लगानी भित्र्याउने विषय पनि उत्तिकै महत्वपूर्ण छन् ।

मुलुकको सार्वभौमिकताको रक्षासंगै स्वाधिन अर्थतन्त्रको विकास गर्नुपर्ने जिम्मेवारी पनि ओली सरकारका अगाडि छन् । चीनसंग व्यापार घाटा पनि उत्तिकै छ । नेपालको पछिल्लो तथ्यांक अनुसार वार्षिक ९ खर्ब व्यापार घाटा छ । जसमा भारतसंग ६ खर्ब र चीनसंग डेढ खर्व व्यापार घाटा छ । बद्दो व्यापार घाटा असन्तुलन हुँदा नेपालको अर्थतन्त्र कमजोर बनेको छ । निर्यात कमजोर आयात बढी हुँदा नेपाली मुद्रा बाहिरीने गरेको छ । यसर्थ व्यापार घाटालाई कम गर्ने विषयमा पनि प्रधानमन्त्रीले प्रस्ताव गर्नुपर्ने विज्ञहरुको प्रतिक्रिया छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणले निकै अर्थ राख्दछ, दुइ छिमेकसंगको पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउनुको साथै नेपालको लाभको विषयमा प्रधानमन्त्री ओलीले सिधा प्रस्ताव गर्न हिम्मत गर्न सक्ने परराष्ट्र विद्हरुको भनाई छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com