ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानमा सुरक्षाकर्मी र तालिवान लडाकुले सँगै मनाए ईद


एबीसी न्यूज

३ असार, ३ काठमाडौं । अफगानिस्तानका सुरक्षाकर्मी र तालिवान लडाकुहरुले मिलेर ईद मनाएका छन् । उनीहरुले एकअर्कालाई अंगालो हाले, शुभकामना दिए र सँगै तस्वीर पनि खिचाए । एकअर्काविरुद्ध युद्ध छेडेकाहरुले आत्मियता साटासाट गरेको पूर्वी अफगानिस्तानको यो दृष्य निकै दुर्लभ मानिएको छ ।

अफगानिस्तानको सबैभन्दा ठूलो आतंकवादी संगठन तालिवानका लडाकुहरुले रकेट लन्चरसहितका हतियार बोकेका थिए । अफगानिस्तान र तालिवानको झण्डा लिएका उनीहरु कार र मोटरसाइकल चढेर प्रहरी चौकी हुँदै गए । केही दिनअघिसम्म यस्तो होला भनेर कल्पना पनि गर्न सकिँदैनथ्यो । ईदलाई मध्यनजर गर्दै अफगानिस्तान सरकार र तालिवान लडाकुहरुले युद्धविरामको घोषणा गरेका छन् । राष्ट्रपति असरफ गनीले युद्धविराम थप लम्बाइएको बताएका छन् । उनले तालिवानलाई पनि युद्धविरामलाई लम्बाउन आग्रह गरेका छन् ।

ईदको अवसरमा सरकारले केही तालिवान लडाकुहरुलाई पनि जेलमुक्त गरेको छ ।

तालिवानलाई पनि सरकारी राहत


राष्ट्रपति गनीले ईदको अवसरमा भएको संघर्षबिरामपछि स्थायी शान्तिका लागि कदम बढाउन चाहेको बताएका छन् । टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले तालिवानका सदस्यहरुलाई अब सर्वसाधारण नागरिकहरुलाई जस्तै सरकारी सेवासुविधा उपलब्ध गराइने बताए ।

ईद मनाउन तालिवान र सरकारी अधिकारीहरु भेला भएको बेला नंगरहार क्षेत्रमा भने आत्मघाती हमला हुँदा २५ जनाको ज्यान गयो । त्यो कुराको उच्चारण राष्ट्रपतिले आफ्नो सम्बोधनको क्रममा गरेनन् । बरु उनले गत आइतबार अमेरिकी वायुसेनाको ड्रोन आक्रमणबाट पाकिस्तानी तालिवानका प्रमुख मौलाना फजलुल्लाहको मृत्यु भएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com