काठमाडौं, २९ साउन । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुवानमा परी धेरै मानिसले ज्यान गुमाइसकेका छन् । अझै कति त वेपत्ता नै छन् । अझै पनि वर्षा नरोकिने हो भने फेरी पनि जन र धनको क्षति हुने सम्भावना बढी हुन्छ । अहिलेसम्म ६० जनाभन्दा धेरै मानिसले बाढी, पहिरो र डुवानमा परी ज्यान गुमाइसकेका छन् भने १२ जना घाइते तथा १२ जना बेपत्ता छन् ।
सिन्धुलीमा चार जनाको मृत्यु
अविरल वर्षा सुरु भएसिछ सनिबार विहान सिन्धुलीमा चार जनाको मृत्यु भएको छ । बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा एकै परिवारका ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३७ वर्षीया दुर्गाकुमारी खड्का, १५ वर्षीया छोरी शोभा खड्का, छोराहरु १० वर्षीय अनिष खड्का र ८ वर्षीय मनिष खड्का रहेका छन् । मृतक चारै जनाको सनिबार नै दाहसंस्कार गरिएको छ ।
सुनसरीमा १० जनाको मृत्यु ६ वेपत्ता
सुनसरीको इटहरी उपमहानगरको वडा नम्बर ४, ९ र १० का १० जनाको मृत्यु भएको छ । बाढीमा परेर अरु ६ जना वेपत्ता भएका छन् । लगातारको वर्षापछि स्थानीय टेंग्रा, शेरा र बुढी खोलामा आएको बाढी वस्तीमा पस्दा १० जनाको मृत्यु भएको हो । त्यस्तै, ६ जना वेपत्ता रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
मोरङमा ७ जनाको मृत्यु ६ वेपत्ता
निरन्तरको वर्षाका कारण मोरङमा ४ जना महिला र ३ जना पुरुष गरि ७ जनाको मृत्यु भएको छ भने २ पुरुष र ४ महिला गरि ६ जना वेपत्ता छन् । मुत्यु हुनेमा ३६ वर्षकि गोपीमाया तामाङ, ७५ वर्षकी बुद्धीमाया लिम्बु, ३२ वर्षका गंगाराम खतिवडा, ५६ बर्षका मिनबहादुर थापा र नाम नखुलेका २ महिला र १ जना पुरुष रहेका छन् ।
झापामा ५ जनाको मृत्यु
झापामा ३ महिला र २ जना पुरुष सहित पाँच जनाको मृत्यु भएको छ । झापा गाउँपालिकाका ३५ वर्षीय धनमाया घोरसाइने र उनकी छोरी, सोही गाउँपालिकाका कमला दर्लामीको मृत्यु भएको छ । त्यस्तै, शिवसताक्षी नगरपालिकाका लेखनाथ पाण्डे, केचनकवल गाउँपालिकाका २२ बर्षिय राम राजवंशीको मृत्यु भएको हो ।
रौतहटमा ६ जनाको मृत्यु
बाढिले बाटो कटान गरेको स्थानमा जीप दुर्घटना हँुदा रौतहटमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । २८ वर्षिय गर्भवती श्रीमतीलाई अस्पताल लैजाने क्रममा लौकाहा निवासी चन्दन यादबको परिवारका ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा आमा सुमित्रा देबी, ५ बर्षिय छोरी छोटु कुमारी, भतिजा सरोज यादब र भाउजु ललिता देबी रहेका छन् । उनीहरु चढेको जिप बाढीले कटान गरेको बाटोमा दुर्घटना भएको थियो ।
पश्चिम तराई र पहाडी क्षेत्रमा मानविय क्षति
दाङमा ४८ वर्षिय भगवती सुनारको बाख्रा जोगाउने क्रममा मृत्यु भएको छ । त्यस्तै, ५८ वर्षिय नरबहादुर रावल र ३२ वर्षिय एक पुरुषको मृत्यु भएको छ भने अधिक वर्षापछि सडकबाट बस पल्टदा ११ जना घाइते भएका छन् । त्यसैगरी, बाँकेमा ४ जनाको मृत्यु भएको छ । वर्षापछि घर भत्कदा एकै परिवारका तीन जनाको मृत्यु भयो भने एक पुरुषको सव फेला परेका छ । अविरल वर्षाका कारण तराई र केही पहाडी जिल्लाहरुमा समेत धेरैले ज्यान गुमाएका छन् । पाल्पाको तानसेनमा पहिरोमा परि ४० वर्षिय श्याम श्रेष्ठको मृत्युभएको छ । त्यस्तै, सर्लाहीमा २ जनाको मृत्यु भएको छ भने बारामा १ जनाको मृत्यु भएको छ । सुर्खेतमा ३ जनाको मृत्यु हुनुका साथै १ जना घाइते भएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाको सिन्दुरेमा घर माथिको ढिस्को खस्दा एकै घरका ३ जनाको मृत्यु भएको छ । १ जनाको भने जिवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा ८३ बर्षिय गुमानसिं बुढा, १४ बर्षका बालक विक्रम बुढा र १२ बर्षका बालक शरद बुढा रहेका छन् ।
एकै परिवारका ७ जनाको मृत्यु
मकवानपुरमा पहिरोमा परी एकै परिवारका सात जनाको मृत्यु भएको छ । बकैया गाउँपालिकाको अम्बासबोसीमा पहिराले मंगलसिं न्यासुरको घर बगाउँदा घरमा रहेका सातै जनाको पुरिएर मृत्यु भएको हो । पहिरामा परी न्यासुरकी श्रीमती सुनमाया, २४ वर्षीया छोरी माया, १२ वर्षीया हीरा, १० वर्षीया सानुमाया, आठवर्षीय छोरा पाल्मो र दुईवर्षीय छोरा विकासको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्