ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको श्रीपेच भारतीय वस्तुको रुपमा प्रदर्शनी


एबीसी न्यूज
जेष्ठ २३, २०७५ बुधबार   ४ : ४७   बजे

काठमाडौं, २३ जेठ  । चीनको राजधानी बेइजिङको केन्द्रभागमा रहेको दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ भित्र नेपालको श्रीपेचलाई भारतीय सामाग्रीका रुपमा प्रदर्शनीमा राखिएको छ । तत्कालीन राजाको मुकुट अहिले नेपाल सरकारको बहुमूल्य सम्पत्तिका रुपमा संरक्षित छ ।

नेपालको श्रीपेच बेइजिङमा प्रदर्शनीमा राखिएको भए पनि नेपाललाई भने यस बारेमा कुनै जानकारी छैन ।

‘जेम्स एण्ड जुवल्स अफ इण्डिया’ अर्थात् भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षकमा बेइजिङको फोर्बिडन सिटीमा गत बैशाख ४ गते सुरु भएको प्रदर्शनी आगामी असार ४ गतेसम्म रहनेछ । प्रदर्शनीको आयोजक भारतको ‘द अल थानी कलेक्सन’ र चीनको ‘द प्यालेस म्युजियम टिम’ रहेको प्रदर्शनी कक्षको बाहिर राखिएको बोर्डमा उल्लेख छ ।

नेपालको श्रीपेच भारतीय वस्तुको रुपमा प्रदर्शनीमा समेटिँदा गम्भीर त्रुटि भएको देखिन्छ । नेपाल सरकारको संरक्षणमा रहेको अत्यन्त महत्वपूर्ण सम्पत्ति श्रीपेचको प्रदर्शनी गर्दा त्यो सक्कली हो अथवा नक्कली हो भन्ने कुरामा चिनियाँ सरकारले वास्ता गरेको देखिँदैन भने प्रदर्शनी अगाडि नेपालसँग यस बारेमा कुनै परामर्श गरिएको छैन ।

श्रीपेचको मुनि ‘नेपालको श्रीपेच’ लेखेर त्यहाँ भएका बहुमूल्य बस्तुको विवरण लेखिएको छ ।

नेपालको तत्कालीन राजतन्त्रको प्रतीकका रुपमा रहेको श्रीपेच हेर्नका लागि अधिकांश नेपालीहरु व्यग्र प्रतीक्षामा रहेका छन् । नेपाल सरकारले २०६८ सालतिरै नारायणहिटी दरबार संग्रहालयमा सर्वसाधारणका लागि श्रीपेचलाई प्रदर्शनीमा राख्ने निर्णय गरेको थियो ।

तर, सुरक्षा चुनौतिका कारण अहिलेसम्म प्रदर्शनीमा राख्न सकेको छैन । नेपालका तत्कालीन राजाको श्रीपेचलाई अहिलेसम्म स्वदेश तथा विदेश कहीँ पनि प्रदर्शनी नगरिएको सम्बन्धित विज्ञहरु बताउँछन् ।

फोर्बिडन सिटी चीनको लोकप्रिय उत्कृष्ट पर्यटकीय गन्तव्य हो । वार्षिक एक करोड पचास लाख व्यक्तिले अवलोकन गर्ने गरेको यसको वेभसाइटमा लेखिएको छ । यहाँ अन्तर्राष्ट्रिय पुरातात्विक वस्तुको प्रदर्शनी गर्दा चीनको सरकारी निकाय संलग्न हुने गर्दछ ।

नेपालको श्रीपेचमा मोती, रङ्गीन सिसा, हिरा, पन्ना, रुवी लगायतका बहुमूल्य जहावरात हुने संस्कृतिविद सत्यमोहन जोशीले बताए । श्रीपेचको वरिपरी चाँदीको घेरा हुने र माथिल्लो भागमा ‘स्वर्गकी चरी’ उपमा दिइएको होमायो चराको प्वाँख राखिएको हुन्छ ।

पुरतत्वविद सत्यमोहन जोशीका अनुसार होमायो चरा अष्ट्रेलियामा मात्र पाइन्छ र यो लोपोन्मुख चरा हो । होमायो चराको टाउको पनि श्रीपेचमा राख्नुपर्ने उनले जानकारी दिए ।

नेपालमा पृथ्वीनारायण शाहदेखि श्रीपेच लगाउने चलन बताउँदै त्यसभन्दा अगाडिका मल्ल राजाहरुले पगरी लगाउने गरेको जोशीले बताए । वर्तमान श्रीपेचको रुपलाई नयाँ ढाँचामा विकास गर्ने काम तत्कालीन राजा महेन्द्रले गरेको जोशीले औँल्याए ।

पूरातत्व विभागका प्रमुख भेषनारायण दाहाल नेपालमा एउटै मात्र श्रीपेच रहेको बताउँछन् । एउटा राजाको मृत्युपछि मात्र अर्को राजाले राज्यरोहण समारोहमा श्रीपेच लगाउने गरेको प्रचलन अनुसार श्रीपेच एउटा मात्र रहेको उनले बताए ।

कहीँ कसैले अनिधिकृत रुपमा नेपालको श्रीपेच बनाएर प्रदर्शनी गरेको भए त्यो निन्दनीय र अन्तर्राष्ट्रिय प्रचलन तथा कुटनीति विरुद्ध रहेको दाहालले औँल्याए । यस्तो अवस्थामा सरकारले उचित कदम चाल्नुपर्ने उनी सुझाव दिन्छन् ।

नारायणहिटी दरबार संग्राहलयका प्रमुख रोहित ढुङ्गाना नेपालको तत्कालीन राजाको श्रीपेच सुरक्षित रहेको र केही समयपछि नै सर्वसाधारणका लागि प्रदर्शनी गरिने बताउँछन् ।

‘बेइजिङमा नेपालको तत्कालीन राजाको श्रीपेच भनेर प्रदर्शनी गरिएको भए त्यो डमी हुनुपर्छ,’ कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘अहिलेसम्म नेपालको तत्कालीन राजाको श्रीपेच स्वदेश तथा विदेशमा कहीँ पनि प्रदर्शनीमा राखिएको छैन ।’

ढुङ्गानाले भनेजस्तै बेइजिङमा प्रदर्शनीमा राखिएको नेपालको श्रीपेच डमी भएमा यसले दुईवटा प्रश्न उठाएको छ । पहिलो चीनकै गरिमा र प्रतिष्ठा जोडिएको फोर्बिडनसिटी भित्र डमी कुराको प्रदर्शनीले के अर्थ राख्छ ? श्रीपेच डमी भएमा त्यहाँ प्रदर्शनी गरिएका भारतका मुगल सम्राटका भनिएका विभिन्न गरगहना हिरा, मोती, रुवी, माणिक्य आदि वस्तुहरु पनि डमी हुन सक्छन् ।

यसले प्रदर्शनीको विश्वसनीयतालाई गम्भीर संकटमा पारेको छ । दोस्रो प्रश्न डमी नै भएपनि नेपालको श्रीपेच डमी बनाएर प्रदर्शनीमा राख्ने अधिकार भारतलाई कसले दियो ? भारतीय प्रदर्शनी भनी उल्लेख गरिएको कक्षमा नेपालको श्रीपेच कसरी रहन गयो ?

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बेइजिङको फोर्बिडनसिटीमा नेपालको श्रीपेच प्रदर्शनीमा राखिएको भन्दा आश्चर्य प्रकट गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीमा आफू अत्यन्त व्यस्त रहेको भन्दै राजदूत पौडेलले भने, ‘मैले पनि तपाईंबाटै सुनेँ ।

म समय मिलाएर गएर हेर्छु र त्यसबारेमा कुरा बुझेर सम्बन्धित निकायसँग कुरा गर्नेछु ।’ प्रदर्शनीका बारेमा आफूलाई कुनै पनि निकायले केही जानकारी नगराएको उनले बताए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group