ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिरामीलाई फलफुल होईन, स्वास्थ्य लाभ कार्ड


sharan sharan

नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेलाई स्वास्थ्यलाभ कार्ड

बुटवल, २२ जेठ ।
“अस्पतालमा बिरामी भेट्न जांदा फलफुल होईन नगद दिएर बिरामी भेटौ” भन्ने अभियानका सामाजिक अभियन्ता मुक्तिराज पौडेलले अफ्नो अभियानलाई परिमाजैन गरेकाछन् । बिरामीले सिधै नगद लिन नमानेपछि उनले आफ्नो अभियानलाई परिमार्जन गरेकाहुन् । नयां अभियान अन्तर्गत अव बिरामी भेटन जांदा स्वास्थ्यलाभको शुभकामना कार्ड बिरामीलाई हस्तान्तरण गर्ने र कार्डबाट अस्पतालले बिरामीलाई छुट दिने ब्यवस्था मिलाईएको छ ।
आफ्नो जन्मदिन पारेर पौडेलले अस्पतालमा भर्ना भएका बिरामीको सहयोगार्थ स्वास्थ्य लाभ कार्डको नयां अभियान सुरु गरेकाछन् । पौडेलले आफन्त तथा शुभेच्छुक बिरामी हुदा फलफुल लिएर भेट्न जाने क्रममा फलफुल कतिपय बिरामीको अवस्थाले खान नहुने र कतिपय अवस्थामा बढी भएर खेर जाने गरेको भन्दै त्यसको सट्टा खामबन्दी नगद दिने अभियान सुरु गरेका थिए । परिमार्जित अभियानमा अव बिरामी भेट्न अस्पताल जांदा अस्पतालको काउण्टरमा २ सय ५० मुल्यको स्वास्थ्य लाभको कार्ड पाईने छ , कार्ड लिएर बिरामीलाई हस्तान्तरण गरिए पछि सोहि कार्डका आधारमा बिरामी डिस्चार्ज हुंदा अस्पतालले बिलमा २ सय ५० बिलमा छुट दिने ब्यवस्था मिलाईएको छ ।
नगद दिंदा कतिपय बिरामी र बिरामीका आफन्तले आफुलाई होंच्याएको महसुस गरेका कारण नयां अभियानको थालनि गरिएको अभियन्ता पौडेल बताउछन् ।
पौडेलले पहिलो दिन बुटवल हस्पिटल प्रालिमा उपचारका लागि भर्ना भएका र आएका ५० बिरामीलाई स्वास्थ्य लाभ कार्ड बितरण गर्दै अभियानको थालनी गरेका थिए । तत्कालका लागि बुटवल हस्पिटल प्रालिमा स्वास्थ्य लाभ कार्डको व्यवस्था गरेको र निकट भबिष्यमा यस क्षेत्रका अन्य अस्पतालहरुमा पनि स्वास्थ्य लाभ कार्डको व्यवस्था गर्ने पौडेलले बताए । उनले आफनो नगद सहित स्वास्थ्य लाभ कार्डको अभियानमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेकाछन् । बिरामी भेटन जादा फलफुल लिएर जानु भन्दा स्वास्थ्य लाभ कार्ड मार्फत नगद सहयोग गर्दा त्यो रकमको सदुपयोग हुने र बिरामीलाई पनि थोरै भएपनि राहत हुने पौडेलको भनाई छ ।
पौडेलको अभियानलाई सकारात्मक भन्दै बुटवल अस्पताल प्रालि अभियानको प्रारम्भ गरिदिएको छ । अस्पतालका अध्यक्ष चुन्नु प्रसाद पौडेलले केही गर्नुपर्छ भन्ने सोच भएका श्रृजनसिल पौडेलले सुरु गरेको स्वास्थ्यलाभ कार्ड अभियान सकारात्मक र स्वागतयोग्य भएको बताए ।
समाजमा अनुत्पादक हुंदै गएको कतिपय चलनचल्तीलाई परिवर्तन गर्न केहि कठीन भएपनि असम्भव भने छैन । परिवर्तन गरि आएका नयां चलन आत्मसाथ गर्न पनि समाजलाई सजिलो भने हुंदैन तर राम्रो काममा सबैले सघाउ पु¥याउंदा सबैलाई फाईदा नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरू

काठमाडौं, २३ असार । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई

नेपाल प्रहरीले सुपारी भारत पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप

झापा, २३ असार ।झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ। झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको

आज यी ठाउँमा पानी पर्न सक्ने, बाढीपहिरोबाट सतर्क रहन अनुरोध

काठमाडौं, २३ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश १, वागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ

सम्बन्धित

चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते

न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

राज्यविरुद्धको अपराध आरोपमा अर्थमन्त्रीविरुद्ध जाहेरी दिँदै

लमजुङमा मापदण्ड नपुगेका ३७ उद्योग खारेज

छात्रलाई शिक्षकले पिटेको भाइरल भिडिओ नेपालको होइन : बझाङ प्रहरी

पशुपति क्षेत्रमा साउन महिनाको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...