ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मापदण्डविना सञ्चालित संस्थागत विद्यालयलाई कारवाही


एबीसी न्यूज
जेष्ठ १९, २०७५ शनिबार  ९ : ०० बजे

 

नेपालगञ्ज १९ जेठ।  बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुईसंस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ ।

वडा नं २ बेताहनीको राप्ती इंग्लिस मिडियम बोर्डिङ स्कूल नौरीगौडी र एकेडेमी इंग्लिस मिडियम बोर्डिङ स्कूलले अनुमतिविना सञ्चालन गरेको कक्षा खारेज गरिएको हो । अनुमतिविना राप्तीले कक्षा ३, ४ र ५ तथा एकेडेमीले कक्षा २, ३, ४ र ५ लाई खारेज गरी बन्द गर्ने निर्णय गरेका छन् । गाउँ शिक्षा समितिको शुक्रबार बसेको बैठकले अनुमतिविना सञ्चालित स्कूललाई कक्षा सञ्चालन बन्द गर्ने निर्णय गरेको हो ।

शुरुमा स्पष्टीकरण माग गरिएको र पछि अनुमतिविना सञ्चालन भइरहेकाले नियमन गर्न कारवाही गरिएको गाउँपालिका अध्यक्ष तथा समितिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । गाउँपालिकामा अहिले १० संस्थागत विद्यालय छन् । गाउँपालिकाअन्तर्गत सञ्चालित विद्यालयको अनुगमनका क्रममा नियम तथा मापदण्ड विपरीत सञ्चालित विद्यालयलाई नियमन गर्न शुरु गरिएको गाउँपालिका शिक्षा शाखा अधिकृत खगेन्द्र मल्लले बताउनुभयो । उहाँले ती विद्यालयलाई एक वर्षसम्म अनुमतिसमेत नदिने निर्णय भएको बताउनुभयो ।

गाउँपालिकाका सम्पूर्ण विद्यालयको शिक्षाको गुणस्तर, शैक्षिक व्यवस्थापन तथा प्रभावकारितालगायत विषयमा नियमित अनुगमन गरी कडाइका साथ अघि बढिरहेको गाउँपालिकाले जनाएकोे छ । गाउँपालिकाले शिक्षक नियमितता तथा शिक्षाको गुणस्तरीयताका लागि सामुदायिक विद्यालयमा इ–हाजिरी मेशिनसमेत जडान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com