बुटवल, १८ जेठ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान सडक खण्डको हेडबक्समा खसेको पहिरो पार गर्ने क्रममा १ जना बेपत्ता भएका छन् ।
दोभान हुँदै बुटवलतर्फ आइरहेका मोहन रेश्मी सम्पर्कमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ । पहिरो पार गर्ने ४ जना मध्य मोहन रेश्मी भन्ने बेपत्ता भएको प्रहरील बताएको छ ।
सम्पर्कविहीन भएको रेश्मीसंगै साथीले भने रेश्मी पहिरोमा पुरिए वा सुरक्षित अवस्थामा कतै छन् भन्ने यकिन हुन सकेको छैन । उनको मोबाइलमा घण्टी गए पनि रिसिभ हुन नसकेको बरालले बताए । रेश्मी सम्पर्कविहीन भएकोबारे जिल्ला प्रहरी कार्यालय पाल्पालाई जानकारी गराइएको प्रहरी बिनबहादुर थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्