
काठमाडौ, १७ जेठ । निजि विद्यालयहरुले मनोमानी रुपमा शुल्क वृद्धि गरेको भन्दै विरोध स्वरुप संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् ।
सत्तारुढ र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थी संगठनबाहेकका विद्यार्थी संगठनहरुले भर्ना शुल्कमा निजि विद्यालयहरुले आफुखुसी चर्को शुल्क लिएको भन्दै आन्दोलन चर्काउने निर्णय गरेका हुन् ।
यी विद्यार्थी संगठनहरुले शैक्षिक आम हडताल सम्मको कार्यक्रम घोषणा गरेका छन् । बर्तमान शिक्षा र प्रतिपक्षी विद्यार्थी आन्दोलनका विषयमा राजधानीमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा अखिलका क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले शैक्षिक हडतालसम्म गर्न लागेको बताउनुभयो ।
अध्यक्ष भण्डारीले लामो समयदेखि निजि विद्यालयले असुल्दै आएको शुल्कमा विरोध गर्दा पनि सरकारले नसुनेपछि आफुहरु आन्दोलनमा उत्रिनु परेको जिकिर गर्नुभयो ।
शिक्षामा भैरहको चरम शुल्क फिर्ता गर्न निजि विद्यालयले अटेर गरे अनिश्चितकालीन हडताल गर्न बाध्य हुने विद्यार्थी नेताहरुले बताएका छन् ।



















प्रतिक्रिया दिनुहोस्