ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरोमा परी ३० जनाको मृत्यु


admin

काठमाडौं, २८ साउन । लगातारको वर्षाका कारण आएको बाढी पहिरोमा परी देशका विभिन्न स्थानका ३० जनाको मृत्यु भएको छ ।

एबीसी न्युजले गृहमन्त्री जनार्दन शर्मासँग गरेको एक्सक्लुसिज कुराकानीमा गृहमन्त्रीले शर्माले बाढी पहिरोमा परी देशभर ३० जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । उहाँले ठूला नदीहरुमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन नागरिकलाई आग्रह गर्नुभएको छ । लगातारको वर्षापछि दाङमा बबई नदीमा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ । बीस वटाभन्दा बढी घर बगाएको छ । यस्तै पचास वटाभन्दा बढी घर डुवानमा परेका छ । त्यस्तै, राप्ती नदीमा आएको बाढीले घर बगाउँदा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा चार जनाको मृत्यु भएको छ ।

बाढीले बगाएको एक जना बेपत्ता भएका छन् । मृत्यु हुने चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै, सुनसरीको इटहरीमा ५ र तरहरामा १ जना गरी ६ जनाको बाढीले बगाएर मृत्यु भएको भएको छ । मृत्यु हुनेमा इटहरी ३ गैरीगाउँका ३० वर्षीय माला साह, उनकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ हाल इटहरी ४ बस्ने माला राईको तीन बर्षको छोरा रुपेस राई र ८ बर्षकी रुपसनी राई रहेका छन् । यस्तै, घरमा पानी पसेपछि इटहरी ४ आइतबारेका ४० वर्षीय ईश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेको अन्दाजी ७० वर्षका एक व्यक्तिको मृत्यु भएको गएको प्रहरीले जनाएको छ ।

जिल्लाकै लोहन्द्रा खोलाले बगाउँदा केराबारी गाउँपालिका–९ कुसुमे बस्ने ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । झापामा बाढीले बगाएर दुई जनाको मुत्यु भएको छ भने एक बालिका बेपता भएकी छिन् । शिवसताक्षी नगरपालिका वडा नम्बर १ बस्ने २८ बर्षीया लक्ष्मी पाण्डेको मुत्यु भएको प्रहरीले जानकारी दिएको छ । पाण्डेलाई घरनजिकैको झिलमिले खोलाले बगाएर मुत्यु भएको हो । त्यस्तै झापा गाउँपालिका २ बस्ने ३५ वर्षीया धनमाया घोसाइनीको मुत्यु भएको छ भने उनकी करिव १५ वर्षीया कमला घोसाईनी बेपता भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

झापामा अहिलेसम्म सयौं घर डुबानमा परेको छन् भने एक हजार घरपरिवार विस्थापित भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । शनिबार बिहान सवा ४ बजेतिर गएको पहिरोले दुर्गा कुमारी खड्का, शोभा खड्का, अनिस खड्का र मनिष खड्काका रहेका छन् पहिरोमा पुरिएका उदयबहादुर खड्का उद्धार गरिएको छ । दुई दिनदेखि लगातार परिरहेको पानीले गर्दा जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिंदा उक्त घटना भएको हो ।

थुपारिएपछि माटो हटाउन प्रहरी कार्यालयलाई बारम्बर आग्रह गर्दा समेत प्रहरीले बेवास्ता गरेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ । पहिरोले नेपाल पत्रकार महासंघ, सिन्धुलीको जग्गामा टहरो बनाएर बस्दै आएका चार जनाको मृत्यु भएको हो । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर १० गन्धर्वटोलका २० वर्षीय राजेन्द्र थारुको बबइ नदीले बगाएर बेपत्ता भएका छन् । जिल्लाको बाँसगढी नगरपालिकामा १२ घर डुबानमा परेको जानकारी प्राप्त भएको छ ।

राजविराज नगरपालिकामा २० वर्षकै उच्च बाढीको जोखिम बढेको छ । शनिबार बिहानै राजविराज नगरपालिका डुबानमा परेको छ । यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका शुक्रबार मध्यरातिदेखि नै डुबानमा परको छ । इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना पनि डुबानमा परेको खबर प्राप्त भएको छ । इटहरीको पूर्वमा रहेको बुढीखोलको झोलुङगे पुल पनि बाढीले बगाएको छ । यस्तै, बबइनदीको पानीको सतह खतराको तहभन्दा माथि भएको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकलाइ सजग रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com