झापा, २७ साउन । झापामा जिल्लामा एक हजार घरपरिवार बाढी र डुवानको उच्च जोखिममा रहेको छन् ।
झापाको कनकाई, मेची, विरिङ, कमल, निन्दा, रतुवा, देउनीया, हडिया लगायतको नदीमा पानीको बहाव बढे सँगै एक हजार घरपरिवार उच्च जोखिममा परेका हुन । जिल्ला विपद व्यवस्थापन समितिले दिएको जानकारी अनुसार झापामा अहिले सम्म ९ घरपरिवार बाढीले विस्थापित भएका छन् । झापा गाउँपालिका वडा ७ र खजुरगाछी गाउँपालिका साविक कोरोबारी ५ का ९ घरपरिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ । त्यस्तै भद्रपुर ३ स्थित भैसाबाडीमा २ सय ८० घरपरिवार डुवानमा परेका छन ।
भद्रपुर ५ स्थित मेचीकिनारमा ४० बढी घरमा पानी पसेको जनाइएको छ । शुक्रबार विहानै देखी बजे मेची नदीको पानी बढेपछि भैसावाडी र मेचीकिनारका घर डुवानमा परेको स्थानीय बताउँछन् । त्यस्तै मेचीनगर नगरपालिका–१५ स्थित सेडाइ बस्तीमा निन्दा खोलामा आएको बाढीले जमिन कटान गर्दा ४५ घरपरिवार जोखिम रहेको छ । त्यसैगरी शिवसताक्षी नगरपालिका ६ स्थित कनकाईले बाध भत्काएकोले त्यस नदी आसपासका घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको जनाइएको छ ।
नदीले खेतीयोग्य जमिन कटान समेत गरिरहेको छ । हालसम्म झापामा कुनै मानविय क्षति नभए पनि नदी किनार आसपासका घरपरिवार उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । वर्षाले जिल्लाका विभिन्न नदी/खोलामा आएको बाढीले जमिन कटान गरेर बस्तीमा पानी पस्न थालेकोले सर्तक अपाउन सबैलाई आग्रह गरिसकेको उहाले जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्