
डडेल्धुरा, १५ जेठ । डडेल्धुराको गन्यापधुरा गाउँपालीका वडा नं. २ गजरौलामा आज जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
डोटीको दिपायलबाट कोहलपुरतर्फ गईरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटनामा परेर ८ जना घाईते भएका थिए । घाइते मध्ये १ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरा ल्याउने क्रममा बाटोमै मृत्यु भएपछि मृत्युकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताएका छन् ।
मृतक सबै जनाको सनाखत भएको छ । घटनास्थलमै मृत्यु हुनेमा जिप धनी दिपायल सिलगढी ४ का विनोद कुमार रावल, आर्दश गाउँपालीका ३ का वडा अध्यक्ष प्रेम बोहरा, आर्दश गाउँपलीककै लाल बोहरा र जानकी बोहरा रहेका छन् । जानकी बोहराको उपक्षेत्रीय अस्पताल उपचारका क्रममा मृत्यु भएको हो ।
घाईतेलाई उपचारको लागी उप–क्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको उँहाले बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्