ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम अधूरै छाड्ने २७ कम्पनीको नाम गृह मन्त्रालय


एबीसी न्यूज
जेष्ठ १५, २०७५ मंगलबार   १२ : ४३   बजे

 

चितवन, १५ जेठ ।  जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ ।

मिति थप भई काम गरेका र मिति बाँकी रहेका बाहेक कामै छाडेर बसेका कम्पनीको नाम मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । निर्माण कम्पनीमध्ये तीन वटाले तीन तीन योजना अधूरो बनाएर छाडेका छन् । तिनमा निर्माण सेवा धादिङ, आजीवन निर्माण सेवा धादिङ र डिभाइन लाइट कन्स्ट्रक्सन भरतपुर छन् ।

त्यसैगरी पूजा कन्स्ट्रक्सन धादिङ र पृथ्वी निर्माण सेवा धादिङले पनि दुई दुई आयोजना अलपत्र बनाएर छाडेको जिप्रकाले जनाएको छ । काम अधूरो छाड्ने मध्ये चितवनका ११ तथा अन्य धादिङ र काठमाडौँका छन् । अधूरो काम छाड्ने अन्य कम्पनीमा भिजन कन्स्ट्रक्सन, नाना कन्स्ट्रक्सन धादिङ, प्यालदोर हिमाल निर्माण सेवा धादिङ, ओएस इञ्जिनीयरिङ निर्माण सेवा, विराज÷शिवशक्ति÷न्यू तीन कन्या जेभी चितवन छन् ।

त्यसैगरी प्यासिफिक बिल्डर्स सुकेधारा काठमाडौँ, जेएनडी कन्स्ट्रक्सन, दीपश्री इञ्जिनीयरिङ काठमाडौँ, काष्ठमण्डप कन्स्ट्रक्सन काठमाडौँ, आजीवन÷न्यू÷तीनकन्या जेभी, इशान कन्स्ट्रक्सन, त्रिशूली कन्स्ट्रक्सन, शारदा निर्माण सेवा, बरङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्स, रुपल सुप्रिम कन्स्ट्रक्सन, सूर्यश्री कन्स्ट्रक्सन, इको इञ्जिनीयरिङ र नेपाल तराई निर्माण तथा डिपट्यूबवेल प्रालि भरतपुर छन् । समयमै काम नगर्ने अन्य निर्माण कम्पनीमा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन भरतपुर, महादेव ड्रिलिङ खैरहनी, भीमज्योति एमआर जेभी भरतपुर, चिता एण्ड सल्लेरी एशोसिएसट भरतपुर र पाल्पा इञ्जिनीयरिङ परासी छन् ।

प्रजिअ बस्नेतले समयमा काम नगर्ने र काम छाड्ने निर्माण कम्पनीका सञ्चालकलाई मन्त्रालयको निर्देशनानुरुप कारवाहीको दायरामा ल्याइने बताउनुभयो । निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले निर्माण व्यवसायीलाई नीतिनियमअनुसार कारवाही गर्न सकिने तर मन्त्रालयले थुन्न नपाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group