कञ्चनपुर,१५ जेठ । भारतको पिलिभित जिल्ला बजार घाटमा एक नेपाली युवतीको चट्याङ लागेर मृत्यु भएको छ ।
आज बिहान भारतको बजारघाटमा तरकारी बेचेर घर फर्कने क्रममा चट्याङ लागेर बेलौरी नगरपालिका ७ पौलाहाकी ४० वर्षिया सुकुनी चौधरीको मृत्यु भएको प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए ।
मृतकको शव पोष्टमार्टम पिलिभितकै एक अस्पतालमा गरिने भएको छ । त्यसका लागि भारतीय प्रहरीसँगसमेत समन्वय गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भट्टले बताए ।
घरमै उत्पादन गरेको विषादी रहित तरकारीको राम्रो मूल्य पाउने गरेकोले तरकारी बेच्न यसक्षेत्रका थुप्रै कृषकहरु सीमावर्ती भारतीय बजारमा जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्