स्थानीय माइली खोला खानेपानी आयोजनाको पानी दुषित भएकाले झाडा पखाला फैलिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले बताए । पुनका अनुसार आइतबारसम्म एक हजार जना बिरामीको उपचार गरिएको छ । आज सोमबार बिहानैदेखि पनि बिरामीहरु उपचार गर्न आइरहेका छन् ।
झाडा पखाला फैलिएपछि स्थानीय स्कुल बन्द गरिएको छ । वीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल आइतबारदेखि नै बन्द छन् ।
राप्ती उपक्षेत्रीय अस्पताल घोराही, शान्तिनगर स्वास्थ्य चौकी र सेनाको टोलीले झाडापखालाका बिरामीको उपचार गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्