ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसरी बच्ने स्वाइन फ्लू अर्थात सिजनल फ्लूबाट ?


admin
श्रावण २६, २०७४ बिहीबार  ८ : १७ बजे

काठमाडौं, २६ साउन । पछिल्लो समय स्वाइन फ्लु संक्रमितको संख्या बढ्दो छ । पहिले–पहिले स्वाइन फ्लू भनिएको यो संक्रमणलाई अहिले भने मौसमी रुघाखोकी भन्ने गरिएको छ । यो रुघाखोकीको भाइसबाट सर्ने रोग हो । पहिले सुङ्गुरबाट मानिसमा सरेको भए पनि अहिले भने यो मानिसबाट मानिसमा तिब्र गतिमा सरिरहेको छ । त्यसैले पछिल्लो समय नेपालमा पनि मौसमी रुघाखोकीका विरामी बढेका हुन ।

विशेष गरी जाडो सुरु हुने बेला, जाडो सकिने बेला, गर्मी सुरु हुने बेला र गर्मी सकिनेबेलामा यो संक्रमण फैलिने गरेको छ । सुरु–सुरुमा यो संक्रमण प्राणघातक जस्तै थियो । तर, अहिले भने यो संक्रमणका निदानहरु समेत पत्ता लागिसकेकाले सामान्य उपचारबाटै निको हुन्छ । तर, विशेष साधानि भने आवश्यक रहेको चिकित्सकहरु बताउँछन् ।

के हो स्वाइन फ्लू ?
सरुमा केक्सिकोमा स्वाइन फ्लूको संक्रमण देखा परेको थियो । सुङ्गुरबाट मानिसमा सरेका कारण यसलाई स्वाइन फ्लू भनिएको हो । तिब्र गतिमा मेक्सिको लगायतका देशमा स्वाइन फ्लूको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वाइन फ्लू नियन्त्रण गर्न आपतकालिन अवस्था नै घोषणा गरेको थियो । तर, कालान्तारमा सुङ्गुरबाट मात्र नभएर मानिसबाट मानिसमै सर्न थालेपछि यो संक्रमणलाई इन्फ्लूएञ्जा अर्थात मौषमी रुघाखोकी भनियो । अहिले पनि यो संक्रमणलाई स्वाइन फ्लू नै भनिए पनि खासमा यो संक्रमणको नाम इन्फ्लूएञ्जा हो । यो तीन प्रकारको हुन्छ ।

इन्फ्लूएञ्जा–ए, इन्फ्लूएञ्जा–बी र इन्फ्लूएञ्जा–सी । तीन मध्ये पनि बी र सी पछिल्लो समय प्रभावहिन भइसकेका छन् । तर, अहिले पनि इन्फ्लूएञ्जा–ए खतारकै रुपमा रहेको छ । इन्फ्लूएञ्जा–ए लाई एचवान–ए पनि भन्ने गरिएको छ । इन्फ्लूएञ्जा–ए संक्रमित व्यक्तिको समयमै उपचार हुन नसके मृत्यु पनि हुन सक्ने रोग नियन्त्रण माहाशाखाका पूर्व निर्देशक डा. बाबुराम मसासिनी बताउँछन् ।

के–के हुन लक्षणहरु ?

  • सामान्य भन्दा बढी ज्वरो आउने
  • तीन दिनसम्म पनि ज्वरो नघट्ने
  • निरन्तर रुघाखोकी लागीरहने
  • नाक बन्द भइरहने
  • पातलो सिगान बगिरहने
  • निरन्तर हाच्छ्यु आउने
  • सामान्य भन्दा बढी थकाइ लाग्ने
  • झाडा पखाला लाग्ने

कसलाई बढी खतरा ?
स्वाइन फ्लू अर्था मौसमी रुघाखोकी बढी मात्रामा वालवालिका, बृद्धबृद्धा र गर्भवती महिलालाई लाग्ने गरेको छ । उमेर पाको हुँदै गएकाहरु, वालवालिका र गर्भवती महिलामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुलाई स्वाइन फ्लूको संक्रमण हुने सम्भावना बढी हुन्छ । चिकित्सकका अनुसार २० देखि ३० प्रतिशत वालवालिका र करिव १० प्रतिशत बृद्धबृद्धा संक्रमित हुने गरेको पाइएको छ ।

सामान्य सुघा खोकीबाट सुरु हुने इन्फ्लूएञ्जाले ज्यान पनि लिन सक्छ । तर, समयमै उपचार गर्ने हो भने यो सामान्य संक्रमण मात्र हो । समयमै उपचार नगराउने बानीले इन्फ्लूएञ्जाका कारण ज्यान गुमाउनेको संख्या बढ्दो रहेको सरुवा रोग नियन्त्रण महाशाखाले जानाएको छ । यो संक्रमण बढी मात्रामा वालकालिका, वृद्धवृद्धा र रोगी व्यक्तिहरुमा देखिने गरेको छ । त्यसैले, यो संक्रमणबाट बच्न विशेष सावधानी आवश्यक छ ।

स्वाइन फ्लू भनेर मानिसमा ठूलो त्रास छ । तर, चिकित्सकहरु भने त्रसित भइहाल्नु पर्ने अवस्था नरहेको बताउँछन् । चिकित्सककै भनाइलाई आधार मान्ने हो भने इन्फ्लूएञ्जा–ए अर्थात मौसमी रुघा सामान्य रुघा जस्तै हो । किनकी, समयमै उपचार गर्ने हो भने इन्फ्लूएञ्जा–ए संक्रमति निको हुन्छन् । तर, रुघा त लागेको होनी भन्दै, अटेर गर्ने हो भने इन्फ्लूएञ्जा–ए ले मानिसको ज्यान नै लिन सक्ने कुरा नकार्न सकिन्न ।

विशेष गरी वालकालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरुलाई इन्फ्लूएञ्जा–ए को संक्रमण लाग्ने सम्भावना बढी हुन्छ । त्यस्तै रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरु समेत इन्फ्लूएञ्जा–ए को आक्रमणमा पर्ने गरेका छन् । तर, समयमै उपचार गर्ने हो भने कसैले पनि इन्फ्लूएञ्जा–ए का कारण ज्यान गुमाउनु पर्दैन । तर, यस वर्ष पनि इन्फ्लूएञ्जा–ए बाट केहीले ज्यान गुमाइसकेका छन् ।

अशिक्षाकै कारण धेरै मानिसलाई विभिन्न किसिमका रोग लाग्ने गरेको छ । त्यति मात्र होइन रोगबारे राम्रो जानकारी नहुनु वा जानकारी नलिएका कारण पनि धेरै मानिसको अकालमै ज्यान जाने गरेको छ । पछिल्लो समय देशका विभिन्न जिल्लामा फैलिएको मौसमी रुघाखोकीबारे पनि धेरै मानिसलाई थाहा छैन । स्वाइन फ्लूको संक्रमण फैलिएकोबारे धेरैलाई थाहा छ । तर, आफुलाई कुन संक्रमण लागेको भन्ने कमलाई मात्रै थाहा हुन्छ ।

कतिपय मानिसलाई पहिले स्वाइन फ्लू भनिएको इन्फ्लूएञ्जाको संक्रमण समेत हुनसक्छ । तर, सामान्य रुघाखोकी जस्तै हुने भएकाले धेरैले आफुलाई इन्फ्लूएञ्जा भएको थाहा नहुनु स्वभाविक हो । समान्य भए पनि इन्फ्लूएञ्जाको संक्रमणबाट मानिसको ज्यान जान सक्छ । केही व्यक्तिको ज्यान समेत गइसकेको छ । तर, आम नागरिकलाई इन्फ्लूएञ्जाबाट कसरी बच्ने भन्नेबारे थाहा छैन ।

देशभर पछिल्लो समय स्वाइन फ्लू अर्थात मौसमी रुघाखोकीको संक्रम फैलिएको हल्ला छ । केही व्यक्तिको यो संक्रमणबाट मृतु भएपछि मात्र यो हल्ला फैलिएको छ । बजारमा स्वाइन फ्लूको हल्ल फैलिएपछि पछिल्लो समय स्वास्थ्य जाँच गराउनेको संख्या बढेको छ । आफुलाई स्वान फ्लू लागेको हुनसक्ने आशंका गर्नेहरु मात्र स्वास्थ्य संस्था पुग्ने गरेका छन् । एक महिनायता सामान्य रुघा खोकी र ज्वरो आएकाहरु स्वाइनफ्लुको आशंकाले अस्पताल पुग्ने गरेको चिकित्सकहरु बताउँछन् । काठमाडांैको टेकुमा रहेको शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा समेत रुघाखोजी लागेपछि स्वाइन फ्लू भएको आशंकामा स्थास्थ्य जाँच गराउनेको संख्या बढेको छ ।

कसरी बच्न सकिन्छ ?
चिकित्सकका अनुसार कोही व्यक्तिले खोक्दा, हाछ्यू गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने गर्नुपर्छ । साबुन पानीले मिचिमिची हात धुने, पोषिलो र झोलिलो पदार्थ प्रशस्त मात्रामा खाने गर्नुपर्छ । त्यस्तै, ज्वरो आएको व्यक्ति खुल्ला तथा हावा ओहोरदोहोर हुने कोठामा बस्नुपर्छ । विरामी व्यक्ति अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा जानु हुँदैन ।

घरेलु विधीबाट उपचार गर्दा पनि निको नभएमा तत्कालै नजिकैको स्वास्थ्य केन्द्र तथा अस्पतालमा गई स्वास्थ्य जाँच गराएर उपचार गराउनु पर्छ । विरामी व्यक्ति वा शंकास्पद व्यक्तिसंग सकभर संगै नबस्ने, आंखा, नाक तथा मुखमा अनावश्यक हात नलैजाने, सकभर अरु व्यक्तिसंग हात नमिलाउने, संक्रमित ब्यक्तिले प्रयोग गरेको रुमाल, तौलिवा वा कपडा प्रयोग नगर्ने जस्ता सावधानी अपनाउनु पर्ने चिकित्सकको सल्लाह छ ।

मानिसले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सजग हुनु राम्रो हो । तर, हल्लाकै भरमा सामान्य रुघाखोकी लागेकै भरमा आतिनु पर्ने अवस्था नरहेको चिकित्सकको भनाइ छ । इन्फ्लूएञ्जा संक्रमित मध्ये १० प्रतिशलाई मात्र इन्फ्लूएञ्जा–ए को संक्रमण हुने गरेको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार इन्फ्लूएञ्जा–बी र सीको संक्रमण भएका व्यक्ति सामान्य उपचार गरे पनि निको हुन्छन् । तर, इन्फ्लूएञ्जा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा श्वास प्रश्वासको माध्यमबाट तिब्र गतिमा सर्ने भएकाले संक्रमित ब्यक्तिबाट टाढा रहनु नै यसबाट बच्ने उत्तम उपाय रहेको चिकित्सकको भनाइ छ ।

इन्फ्लूएञ्जा–ए तिब्र गतिमा सर्ने संक्रमण भएकाले छाटो समयमा धेरै मानिसमा सर्न सक्छ । त्यसैले इन्फ्लूएञ्जा संक्रमितलाई अलग्गै राखेर उपचार गरिनु पर्ने हो । तर, देशका सबै क्षेत्रमा यो रोग पत्ता लगाउने प्रविधि नभएकाले अहिले सबैलाई एकै ठाउँमा राखेर स्वास्थ्य जाँच गराउने गरिएको छ । निजी स्थास्थ्य संस्थाहरुले समेत यो संक्रमणको जाँच र उपाचार गर्छन् । तर, सरकारले भने अहिले देशका तीन स्थानबाट मात्र यो संक्रमण जाच्ने गरेको छ ।

इन्फ्लूएञ्जा संक्रमित मध्ये ९० प्रतिशत ब्यक्ति आफै निको हुने गरेको चिकित्सकको भनाइ छ । ती व्यक्तिहरु इन्फ्लूएञ्जा–बी र सी का संक्रमितहरु हुन । अन्य १० प्रतिशलाई भने इन्फ्लूएञ्जा–ए को संक्रमण हुने गरेको सरकारी तथ्याङ्क छ । त्यसैले रुघाखोकी लाग्दैमा त्रसित भइहाल्नु पर्ने अवस्था नरहेको रोग नियमन्त्रण महाशाखाले जानकराी दिएको छ । तर, चिकित्सकले भने सबैले सजकता अउनागनु पर्ने सुझावा दिने गरेका छन् ।

हाम्रो देशमा ज्यान गुमाउनु प्राणघातक रोग लाग्नु पर्दैन । सामान्य रुघाखोकी र झाडा पखालाकै कारण वर्षेनी धेरै मानिसले ज्यान गुमाइरहेका छन् । यसका सबै कारण आसावधानी हो । समयमै सावधान भएर स्वास्थ्य जाँच गरी उपचार गर्ने हो भने कसैले पनि सामान्य संक्रमणबाट ज्यान गुमाउनु पर्दैन । समान्य संक्रमणबाट मानिसले ज्यानु गुमाउनुका विभिन्न कारणहरु छन् ।

धेरै मानिस त अशिक्षाकै कारण पनि ज्यान गुमाउन बाध्य छन् । मानिसलाई सामान्यतय रुघाखोकी लागिरहन्छ । त्यसैले मानिसहरु आफै निको हुने भ्रममा परेर उपचार गर्दैनन् । त्यस्ता मानिसलाई इन्फ्लूएञ्जा जस्ता सामान्य तर ज्यानै लिनसक्ने संक्रमण पनि भएको हुनसक्छ । यस्तै कारणले वर्षेनी इन्फ्लूएञ्जाबाट धेरै मानिसले ज्यान गुमाइरहेका छन् । तर, सबैले बुझ्नस पर्ने कुरा के हो भने नियमिते स्वास्थ्य जाँच गराउनु पर्छ । नियमति स्वास्थ्य जाँच गराएर सजक बन्ने हो भने कसैले पनि अकालमै ज्यान गुमाउनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

जनकपुरबाट कांग्रेसले चुनावी बिगुल फुक्ने, फागुन ६ मा सार्वजनिक गर्दै प्रतिज्ञापत्र

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com