ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार दीनानाथ शर्मा ‘उत्तम शान्ति पुरस्कार’ बाट सम्मानित


एबीसी न्यूज

काठमाडौं, १२ जेठ ।  यसवर्षको उत्तम शान्ति पुरस्कार पूर्व शिक्षामन्त्री , एवं साहित्यकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ ।
राजधानीमा शनिबार भएको एक कार्यक्रमबीचमा साहित्यकार शर्मालाई ताम्रपत्र र नगदले पुरस्कृत गरिएका हो ।

उत्तम कुँवर स्मारक पुरस्कार सम्मान गुठी २०४४ ले हरेक वर्ष प्रदान गर्ने उत्तम शान्ति पुरस्कार राष्ट्रियसभाका सदस्य समेत रहनुभएका शर्माको पछिल्लो कृति ‘बाह्रखरीको बोटमुनी’ साहित्यिक कृतिलाई पुरस्कृत गरेको हो । वि.स.२०७४ सालमा प्रकाशित उत्कृष्ट कृतिहरुको छनौटबाट एक जना आख्यानकारलाई पुरस्कार दिने गरिन्छ ।

साहित्यकार शर्माबाट प्रकाशित कृति बाह्रखरीको बोटमुनि नेपाली साहित्यमा नयां आयामको रुपमा आएको प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीले बताउनु भएको छ । युगचेतना मनोभाव नविन प्रयोग सृजनाशिलताले ओतप्रोत र रमणीय अन्तरमनले निबन्ध सजिएको प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीले चर्चा गनुभएको छ ।

प्राध्यापक गोपीकृष्ण शर्माले बाह्रखरीको बोटमुनि निबन्ध बाह्रय परिवेशमा टेकेर नौलो सौन्दर्यताको प्रयोग गरिएको बताउनु भयो । बाह्खरीको बोटमुनि निबन्ध आफ्नै सौन्दर्यता र कलात्मकरुपले प्रकट भएको प्रध्यापक शर्माले बताउनुभयो ।

त्यसैगरि प्रज्ञा प्रतिस्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्यमा नयां आयामको प्रार्दुभाव भएको बताउनु भएको छ । बाह्रखरीको बोटमुनि निबन्ध एक नयां र सिर्जनशितामा आधारित कृति भएको उहांको धारणा छ । उत्तम शान्ति पुरस्कार प्रदानले साहित्यीक अभियानमा थप नयां आयाम थपेको बताउनु भयो ।

नेपाली साहित्यको आख्यान क्षेत्रमा लेखन गर्ने बरिष्ठ साहित्यकारहरुलाई प्रत्येक वर्ष उत्तम शान्ति पुरस्कार प्रदान गरिन्छ । बिसं २०४४ सालमा स्थापित यो पुरस्कार तत्कालीन साहित्यकार उत्तम कुवरको स्मृतिमा स्थापना गरिएको हो । निबन्धकार शर्मालाई शनिबार प्रदान गरिएको पुरस्कार ३२ औ पुरस्कार हो । उत्तम कुवर स्मृति साहित्यीक गुठीबाट प्रत्येक वर्ष निबन्ध विधामा लेखन गर्ने साहित्यकारलाई पुरस्कार प्रदान गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com