ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै श्रीमानले सविनालाई ८ महिनासम्म अपहरण गरेपछि…


एबीसी न्यूज
जेष्ठ ११, २०७५ शुक्रबार   ७ : ०९   बजे

काठमाडौं, ११ जेठ । सविना कार्कीले आफ्नो अपहरणमा सलंग्न अपराधीहरुलाई जेलमुक्त गरिएको भन्दै कडा आपत्ति जनाएकी छिन् ।
बाँके नेपालगञ्ज स्थायी घर भएका आफ्नै श्रीमान नरेन्द्र शर्माले आफूलाई ८ महिनासम्म अपहरण गरेको र यातना दिएको भन्दै अपराधमा सलंग्न मुख्य अभियुक्तहरुले अदालतबाट सफाई पाएकोमा कार्कीले आपत्ति जनाएकी हुन् ।

आज पत्रकार सम्मेलन गर्दै पीडित कार्कीले आफूलाई मार्नकै लागि अपहरण गरिएको गम्भिर आरोप लगाईन् । उनले भनिन्,‘मलाई मार्नकै लागि लगिएको थियो, तर म बाँच्न सफल भएँ।’

दूई सन्तानकी आमा समेत रहेकी पीडित कार्कीले आफूलाई श्रीमानले आठ महिनासम्म अपहरण गराएर चरम शारिरीक यातना दिएको बताउँदै भनिन्,‘न्यायको लागि न्यायालय जाँदा अपहरणजस्तो जघन्य अपराधमा संलग्न अभियुक्तहरुलाई छुट्कारा दिईयो, यो गलत भएको छ, दोषीहरुलाई कुनैपनि हालतमा छुट दिनुहुँदैन्, उनीहरुलाई पूनः जेल सजायसहितको कारबाही गर्नुपर्छ ।’

बाँके जिल्ला सुर्खेत रोड स्थायी घर भएकी पीडित कार्कीले आफूलाई तत्कालिन फेथ रिह्याव सेन्टर भैंसेपाटीमा ४ महिना र पछि भैंसेपार्टीबाट सरेको सोही रिह्याव कार्यालय थेचुमा पनि ४ महिना गरि जम्मा ८ महिनासम्म बन्धक बनाएर राखिएको जनाईन् ।
अपहरण गर्दा आफू काठमाडौंको सामाखुशी टाउन प्लानिङमा बस्ने गरेको र सो दिन खाना पकाएर बच्चालाई विद्यालयबाट घर ल्याउन जाने तयारी गरिरहेको उनले सुनाईन् । उनलाई गत ०७२ साल मंसिर १४ गते अपहरण गरिएको थियो । उनका अनुसार अपहरणकर्तामा सुवास खड्का, सुधिर अधिकारी, विकु शेर्पा, सुनिल महर्जन थिए ।

आफ्नो श्रीमान अरु केटीसंग लागेको र आफू लगायत छोराछोरीलाई पनि बेवास्ता गरेर पैसाजति क्यासीनोमा सकाएर चरम यातना दिँदै आएको उनले दुःखेसो पोखिन् । पीडित कार्कीले भावुक हुदै भनिन,“२०७२ सालपछि श्रीमान र मुक्ता गुरुङ भन्ने केटी भएर आफूलाई मार्ने प्रयास गरेका थिए, र उजुरी गर्न जाँदा मलाई उल्टै कुटे । म अधिकार खोज्न नेपालगन्ज जाँदा सिडिओले निवेदन नै दर्ता गर्न मानेन ।”
त्यसपछि उनलाई करिब ८ महिनासम्म सुधारगृह भनेर दुव्र्यसनीको सिकार बनाउँदै अपहरण गरियो । उनले अपहरण गरेको बेलाको स्मरण गर्दै भनिन्,“त्यसबखत अपहरणकारीले मेरो कपाल पूरै काटिदिए, ट्वाईलेट चाट्न लगाए, कुटपिट गरे, कानको जाली फुटाइदिए, कालो मोसो लगाईदिएर कम्पाउन्ड घुम्न लगाए, टाउको तल खुट्टामाथि पार्दै फोहोर पानीमा डुबाइदिए ।’

अपहरणकारीले आफूमाथि ‘सम्पति दुव्र्यसनी’ को गलत आरोप लगाएर रिह्याव लगिएको उनको आरोप छ । उनले भनिन्,‘मलाई कहीँपनि नभएको गलत आरोप लगाए, रिह्याव सञ्चालक सुवास खड्का र सह–सञ्चालक सुधिर अधिकारीले त्यतिवेला मारेपनि कानुन नलाग्ने लाइसेन्स हामीले गृहमन्त्रीबाट पाएका छौं भन्दै मलाई थप यातना दिएका थिए ।’

आठ महिनापछि १ घण्टाको लागि छोडिदिएको मौकामा आफू त्यहाँबाट उम्किन सफल भएको उनले स्पष्ट पारे । उनले भनिन्,‘मलाई चेकमा हस्ताक्षर गर्नको लागि भनेर मात्रै एक घण्टाको लागि बाहिर निकालिएको थियो, त्यो पनि उनीहरुकै रोहबरमा, र न्यायको निम्ति मैले महिला अधिकार तथा उद्धारकर्मी अञ्जना श्रेष्ठलाई एक कल फोन गर्ने मौका पाएँ, र बाहिर आउन सफल भएँ ।’

ललितपुर जिल्ला अदालतले अपहरणका योजनाकार आफ्नै श्रीमान नरेन्द्र शर्मालाई ७ वर्षको जेल सजाय सुनाएकोले शर्मासँगै अपहरणकारी रिह्याव सञ्चालकद्धय खड्का र अधिकारीलाई पनि समान जेल सजाय सुनाउनुपर्ने उनको माँग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group