ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहिद पत्नीलाई जागिर


admin

सप्तरी, ९ जेठ । मधेश आन्दोलनका क्रममा सहिद भएका नागेश्वर कुमार यादवका पत्नीलाई सप्तरीको रुपनी गाउँपालिकाले सामाजिक परिचालकको रुपमा नियुक्ती दिएको छ । मधेश आन्दोलनका कुनै पनि सहिदका परिवारलाई जागिर दिइएको सप्तरीमा सम्भवत यो पहिलो हो ।

सहिद यादवकी पत्नी सुष्मा कुमारी यादवलाई रुपनी गाउँपालिकामा सामाजिक परिचालकको रुपमा नियुक्त गरिएको उक्त गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।

सुष्मालाई प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापाद्वारा हस्ताक्षरित नियुक्ति पत्र मंगलबार गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनीदेबी सरदार र प्रशासीय अधिकृत थापाले संयुक्त रुपमा सुष्मालाई हस्तान्तरण गरे ।

२०७२ साल मंसिर ५ र ६ गते तत्कालिन मधेशी मोर्चा सप्तरीले “चलु राजमार्ग भरु राजमार्गको आयोजना गरेको बेला जिल्लाको रुपनीमा प्रहरीले चलाएको गोली लागि जमुनी मधेपुरा ९ का २७ वर्षिय नागेश्वर यादवको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै भारदहमा प्रहरीको गोली लागि जिल्लाको डाढा गाविस बलिया बथनाहा १ का १४ वर्षिय बिरेन्द्र रामको मृत्यु समेत भएको थियो ।

सोही मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका सप्तरीका राजिव राउत, रामकृष्ण राउत, बिरेन्द्र कुमार राम र दिलिप कुमार साहको मृत्यु भएको थियो ।

नियुक्ती पत्र-

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com