ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार दीनानाथ शर्मा ‘उत्तम शान्ति पुरस्कार’बाट सम्मानित हुँदै


admin


काठमाडौं, ९ जेठ ।
यसवर्षको उत्तम शान्ति पुरस्कार पूर्व शिक्षामन्त्री एवं साहित्यकार दीनानाथ शर्मालाई प्रदान गरिने भएको छ ।

उत्तम कुँवर स्मारक पुरस्कार सम्मान गुठी २०४४ ले हरेक वर्ष प्रदान गर्ने उत्तम शान्ति पुरस्कार यस वर्ष दीनानाथ शर्मालाई प्रदान गर्न लागेको हो ।

राष्ट्रियसभाका सदस्य समेत रहनुभएका शर्माको पछिल्लो कृति ‘बाह्रखरीको बोटमुनी’ साहित्यिक कृतिलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार गुठीले जनाएको छ ।

गुठीले समकालीन समय र सौन्दर्य चेतनालाई तीक्ष्ण निजात्मक अनुभूतिका निबन्धमार्फत नेपाली साहित्यमा उल्लेखनीय उपस्थिति जनाउँदै सशक्त कृति प्रदान गरेबापत शर्मालाई वर्ष २०७४ को उत्तमशान्ति पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो ।

जेठ १२ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा सम्मान गरिने पनि गुठीले जनाएको छ ।

शर्माका निबन्ध, कविता, कथा, संस्मरण तथा राजनीतिसम्बन्धी एक दर्जन भन्दा बढि कृतिहरु प्रकाशित भैसकेका छन् । शर्मा राजनीतिसँगै साहित्य, शिक्षा र सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com