काठमाडौ,, ९ जेठ । प्रथम महिला पत्रकार सगरमाथा आरोहण—२०१८ समूहलेका चारजनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
उक्त समूहका चारजना आज बिहान ६ बजे चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । समूहका पाँचमध्ये चार जनाले मात्र सगरमाथाको सफल आरोहण गरेका हुन् । पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन् ।
१३ चोटि सम्म सगरमाथा आरोहण गर्न सफल फूर्वा शेर्पा को नेतृत्वमा गएको आरोहण दलका सञ्चारकर्मीहरू सगरमाथाको शिखरमा पुगेका हुन ।
जेष्ठ ९ गते बिहान ६ बजेको समयमा आरोहण दलका सदस्य हरु मेगा टेलिभिजनकी कल्पना महर्जन , नेपाल टेलिभिजनकी रोजिता बज्राचार्य, राष्ट्रिय समाचार समितिकी रोसा बस्नेत , स्बतन्त्र पत्रकार देउरालि चाम्लिङ्ग को टिम सगरमाथाको चुचुरोमा पुग्न सफल भएको हो ।
फूर्वा शेर्पा को नेतृत्वमा गएको आरोहण दलका प्रतिनिधि हरु फर्कदै गरेको पर्यटन मन्त्रालयका अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनु भएको उदृत गर्दै नेपाल टेलिभिजनका समाचार प्रमुख राजु सिलबालले टेलिफोन मार्फत आज बिहान ६ बजेर ५० मिनेट जादा पाचै जना सगरमाथाको शिखरमा पुगेको वताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्