ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ दिनभित्र विधान बनाउने गरी कार्यदल गठन


एबीसी न्यूज

काठमाडौं, ८ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १५ दिनभित्र विधान बनाउने गरी कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकले दुई पार्टी एक भएको अवस्थामा १५ दिन भित्र परिमार्जित विधान बनाउने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा भीम रावल, देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोख्रेल, रेखा शर्मा र रामनारायण बिडारी सदस्य छन् । बैठकले सबै सांसदहरुलाई सरकारका नीति तथा कार्यक्रमको पक्षमा उभिन निर्देशन पनि दिएको छ ।

विधान बनेपछि त्यसै विधानका आधारमा पदाधिकारी नियुक्त गरिने छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणमा प्रत्यक्ष र परोक्ष रुपमा योग्यताको प्रदर्शन र अनुगमनमा सक्रिय रहन सांसदहरुलाई निर्देशन दिनुभयो ।

त्यसैगरी संसदीय दलका नेता प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममा आएका विषयको जिम्मा आफूले लिने भन्दै त्यसको समर्थन र प्रतिपक्षीको कुरा सुनेर त्यसको सम्बोधन गर्दै संसदमा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिनुभयो ।

पार्टी एकीकरणपछि मंगलबार संसदीय दलको दोश्रो बैठक बसेको हो । बुधबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com