ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा निपाह भाइरसको संक्रमणबाट १२ घण्टाभित्रै थप ८ को मृत्यु, कति जोखिममा छ नेपाल ?


एबीसी न्यूज

काठमाडौँ, ८ जेठ । भारतको केरल राज्यमा एउटा नयाँ भाइरसको संक्रमणबाट एकै घरपरिवारका तीन जनाको मृत्यु भएपछि यसले स्वास्थ्य चासो बढाएको छ । निपाह नाम दिइएको उक्त भाइरसलाई विश्व स्वास्थ्य संगठनले तीव्र गतिमा फैलिरहेको पशुजन्य संक्रमणको रूपमा परिभाषित गरेको छ ।

यस नयाँ भाइरसको प्रकृति पूर्ण रूपमा थाहा पाइनसकिएकाले यसको संक्रमण भइसकेपछि देखा परेका लक्षणहरूको उपचार गर्नु बाहेक अन्य विकल्प नरहेको स्वास्थ्यविदहरू भन्छन् ।

इण्डियन एक्सप्रेसका अनुसार तीनै जनाको ज्यान गएको १२ घण्टा भित्र नै कोकिझाड र मलाप्पुरममा समान प्रकारका लक्षणसँगै थप ८ जनाको मृत्यु भएपछि सरोकारवालालाई झनै चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस ९ल्ष्ख्० तीव्र गतिमाफैलिरहेको भाइरस हो जसले मानिस स्वास्थ्यमा गम्भीर प्रकारको बिमारी गराउँछ ।
यस भाइरसको बारेमा सबैभन्दा पहिले १९९८ मा मलेसियाको कम्पङ सुंगाई निपाह भन्ने पत्ता लागेको थियो । यसै ठाउँको नामबाट यस भाइरसको नाम पनि निपाह परेको हो । उक्त समय यस भाइरसले बंगुरहरूलाई संक्रमित बनाएको थियो ।

यसको विस्तारको प्रक्रिया पनि अचम्म लाग्दो छ । आजसम्म जहाँ जहाँ निपाह भाइरसको संक्रमण भेटिएको छ त्यहाँ यसलाई सर्ने कुनै मध्यम पाइएको थिएन । सन् २००४ मा बंगलादेशमा पनि केही मानिसमा यसको संक्रमण देखा परेको थियो ।
उक्त समय संक्रमितहरूले खजुरको रुखको चोप सेवन गरेका थिए र त्यहाँसम्म फ्रुटब्याट भनिने एक प्रकारको चमेरो ले उक्त भाइरस पुऱ्याइएको निष्कर्ष निकालिएको थियो ।

यसको कुनै उपचार

यसका साथै हालैका दिनहरूमा यो भाइरस मान्छेबाट मान्छेमा सर्न थालेको तथ्य समेत फेला परेको छ । भारतका केही अस्पतालहरूमा भर्ना गरिएका संक्रमितहरूमा मान्छेबाट नै उक्त भाइरस सरेको पाइएको थियो ।
निपाह भाइरसको संक्रमण भएपछि श्वासप्रश्वास सम्बन्धी गम्भीर लक्षण देखा पर्ने या इन्सेफ्लाइटिस हुने बताइएको छ ।
मानिस एवं जनावरहरूलाई यस भाइरसको संक्रमणबाट बचाउन सक्ने कुनै औषधि आजसम्म बनेको छैन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसीका अनुसार निपाह भाइरसको संक्रमण इन्सेफ्लाइटिस रोगसँग जोडिएको छ जसले मष्तिष्कमा नोक्सान पुऱ्याउँछ ।

कस्ता छन् त लक्षण

यस भाइरसले शरीरमा प्रवेश गरेपछि ३ देखि १४ दिनसम्म अत्यधिक ज्वरो र टाउनको दुख्ने कारण बन्न सक्छ। यी लक्षणहरूले २४ देखि ४८ घण्टाभित्र रोगीलाई कोमामा पुऱ्याउन सक्छन् । सुरुमा सास फेर्न समस्या देखिने गरे पनि आधाभन्दा बही रोगीहरूमा स्नायु सम्बन्धी समस्याहरू देखा पर्न सक्छन् ।

कसरी सर्छ निपाह भाइरस

सन् १९९८(९९ मा यो संक्रमण फैलिँदा २६५ जनामा यसका लक्षण देखा परेका थिए जस मध्ये ४० प्रतिशतमा गम्भीर स्नायु सम्बन्धी समस्याहरू देखा परेका थिए र ती सबैको मृत्यु भएको थियो। सामान्य अवस्थामा यो भाइरस मानिसको सम्पक्मा आउने चमेरा, बंगुर या अन्य संक्रमित मानिसबाट सर्न सक्छ ।

मलेसिया र सिङ्गापुरमा यो भाइरस बंगुर बाट सरेको थियो भने बंगलादेश र भारतमा यो चमेरा र मानिसबाट सरेको पाइएको छ । खुला सीमा र समान जलवायुका कारण नेपालमा पनि यसको जोखिम रहेको भएपनि यसबारे कुनै आधिकारिक जानकारी भने प्राप्त भएको    छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com