ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गोरे’को बैंक खाता नेपालमै भेटिएन


admin
जेष्ठ ७, २०७५ सोमबार  ७ : १७ बजे

काठमाडौं, ७ जेठ । त्रिभुवन विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य नाइके मानिएका चुडामणि उप्रेती गोरेको नेपालका कुनै पनि बैंकमा खाता नभएको तथ्य खुलेको छ ।

सोही प्रकरणबारे छानबिन गर्न बनेको मन्त्रीपरिषद्को उच्चस्तरीय समितिको अनुसन्धानले ‘गोरे’को कुनै बैंकमा खाता नभेटेपछि बैंकिङ कारोबार नगरी ‘गोरे’ले करोडौं रकम चलाएको पुष्टी भएको हो।

काठमाडौं, झापालगायत ठाउँमा सुनको कारोबार गर्न कार्यालय खोलेका, कारोबार हेर्न लेखापाल नै राखेका र पैसा गन्न मेसिनसमेत राखेका ‘गोरे’को बैंकमा खाता नभेटिएपछि समिति सदस्य नै आश्चर्यमा परेका छन्।

तस्करीको पैसा घरघडेरीमा करोडौ लगानी गरेका गोरेले बैंक खाता बिनै कसरी कारोबार गरे?
स्रोत भन्छ, ‘गोरेले अन्तर्राष्ट्रिय डलर कार्ड खाता प्रयोग गरेको हुन सक्छ।’

स्रोतका अनुसार ‘गोरे’ले केही समयअघि मात्र काठमाडौंको गौरीघाटमा एक भव्य बंगला बनाएका थिए।

बंगलाभित्र बियर बारदेखि रिमोट कन्ट्रोलबाट खुल्ने ढोका जडान गरिएको थियो। सो घर केही समयअघि उनले ५ करोडमा एक जग्गा कारोबारीलाई बेचेका थिए। नजिकै ‘गोरे’को अर्को घर पनि छ।

‘गोरे’ले सोह्रखुट्टे क्षेत्रमा १७ आना जग्गा बुवाका नाममा किनेको फेला परेको छ। प्रतिआना ४२ लाखका दरले किनिएको सो जग्गा समितिले रोक्का गरेको छ।

‘गोरे’ले पूर्वका विभिन्न स्थानमा पनि जग्गामा लगानी गरेको भेटिएको छ।

‘गोरे’ले सहयोगी माधव घिमिरेका नाममा मोरङको मेक्लाजुङमा १ करोड ७६ लाखमा २६ कट्ठा जग्गा किनेको समितिको अनुसन्धानमा देखिएको छ।

श्रीमती, सासू र अन्य आफन्तका नाममा ‘गोरे’ले केही सम्पत्ति जोडेको खुलेको छ।

उप्रेतिको नाममा कुनै बैंक खाता र सम्पत्ति नभेटिएपछि समितिले उनका नातेदार र सहयोगीको सम्पत्ति खोजी र लगानीमा केन्द्रित भएर अनुसन्धान अघि बढाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि दमक पुग्दा बालेन ‘गयल’ : आफ्नै क्षेत्रमा सभापति आउँदा इटहरी छिरे वरिष्ठ नेता !’

जेनजीको विद्रोह: : कांग्रेसले अँगाल्यो, एमालेले षड्यन्त्र ठहर्‍यायो !’

सम्बन्धित

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com