ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी टप्पुमा अर्नाको संख्या ४४१ पुग्यो


एबीसी न्यूज

 

 

इनरुवा, ७ जेठ । अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । 

सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ । आरक्षमा अहिले एक वर्षको बच्चा अर्ना ३८ वटा, दुई वर्ष उमेर समूहका ४० वटा, अर्धवयस्क ३५ वटा, वयस्क पोथी १९१ वटा र वयस्य भाले १३७ वटा रहेका छन् ।

तीमध्ये ८३ प्रतिशत अर्ना कोशी नदीको पूर्वी तटबन्ध आसपास क्षेत्रमा र १७ प्रतिशत अर्ना कोशी नदीको पश्चिमतर्फ बसिरहेको पाइएको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

विश्वका पाँच देशमा मात्रै पाइने अर्ना कोशी टप्पुमा २०३२ सालमा ३३ वटाको संख्यामा रहेकोमा अहिले वृद्धि भई ४४१ पुगेको तिवारीले बताउनुभयो । आरक्षबाट २०७३ को माघमा १३ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण गरिएको थियो भने कालगतिले पाँच वटा अर्नाको मृत्यु भएको र प्रतिशोधको भावनाले चार वटा अर्ना मारिएको संख्यासहित २२ वटा अर्ना घटेकोमा थप भएको ३१ वटा अर्नासहित आरक्षमा अहिले ४४१ अर्ना रहेको आरक्षले जनाएको छ ।

आरक्षले दिएको जानकारीअनुसार प्रत्येक दुई वर्षमा गरिँदै आएको अर्ना गणना सम्पन्न गरी यस वर्ष पनि नतिजा सार्वजनिक गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो ।
आरक्षमा दुई वर्ष अगाडि गरिएको गणनाअनुसार ४३२ वटा अर्ना रहेका थिए ।
आरक्षमा वार्षिक वृद्धिदर आठ दशमलव एक प्रतिशतका दरले अर्नाको संख्यामा वृद्धि भएको संरक्षण अधिकृत साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com