ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कम्युनिष्ट पार्टीमा थप ४२ जना सदस्यको टुङ्गो


admin
जेष्ठ ६, २०७५ आईतबार  २ : ४७ बजे

काठमाडौँ, ६ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले) तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले थप केन्द्रीय सदस्यको नाम टुंगो लगाएको बुझिएको छ । केन्द्रीय सदस्यमा टुंगो लागेकामा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तीलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, डा युवराज खतिवडा, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, वसन्त मानन्धर र नीरज आचार्य हुनुहुन्छ ।

त्यसैगरी दयालबहादुर शाही, रवीन्द्र अधिकारी(नवलपुर), विनोद ढकाल, महेश रेग्मी, भानुभक्त जोशी, गौरी ओली, समिम मियाँ अन्सारी, प्रमोदनारायण यादव, दिलकुमारी पन्त, लीला भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ, साध्यबहादुर भण्डारी, चन्द्रबहादुर शाही, देवेन्द्र दाहाल, अच्युत मैनाली, देवी ज्ञवाली, रामेश्वर राना मगर र नरेश खरेल हुनुहुन्छ ।
त्यस्तै विनोद श्रेष्ठ, श्रीनाथ रावल, गोविन्दविक्रम शाह, शारदा सुवेदी, लक्ष्मण ज्ञवाली र एकबहादुर रानाको नाम टुङ्गो लगाइएको थाहा भएको छ ।

नवगठित नेकपा केन्द्रीय कमिटीमा चार सय ४१ सदस्यमा तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० सदस्य रहने सहमति भएको थियो । बाँकी सदस्यको नाम केही दिनमा टुङ्गो लाग्ने तर औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी भएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

तत्कालीन एमाले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा थप्ने सदस्यको नाम टुंग्याउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएकोे थियो । नवौंँ महाधिवेशनमा केन्द्रीय सदस्यमा हारेका, लामो समय दलको विभिन्न निकायमा बसेर काम गरेका, विभिन्न विभागका सचिव र युवा नेतालाई केन्द्रीय कमिटीका थप सदस्यमा प्राथमिकता दिइएको छ । तत्कालीन एमालेबाट ४१ केन्द्रीय सदस्य थपिनुपर्नेमा ४५ जनाको नाम तय भए पनि औपचारिक रुपमा ४५ जनाको नाम सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि दमक पुग्दा बालेन ‘गयल’ : आफ्नै क्षेत्रमा सभापति आउँदा इटहरी छिरे वरिष्ठ नेता !’

जेनजीको विद्रोह: : कांग्रेसले अँगाल्यो, एमालेले षड्यन्त्र ठहर्‍यायो !’

सम्बन्धित

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com