ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुक्तिनाथमा भारतीय पर्यटक बढी


एबीसी न्यूज
जेष्ठ ५, २०७५ शनिबार   ९ : ०७   बजे

बागलुङ, ५ जेठ। प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् ।

मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् । भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने जनविश्वास पनि छ । बौद्ध धर्मावलम्बी भने करुणाका अवतार अवलोकितेश्वरका रुपमा मान्छन् ।

सन् २०१८ जनवरीदेखि गत अप्रिलसम्म आठ हजार ५५६ भारतीय पर्यटक मुक्तिनाथ पुगेका छन् जुन सोही अवधिमा मुक्तिनाथ घुम्ने विदेशी पर्यटकको आधा बढी संख्या हो । गत पाँच महिनामा १६ हजार ९८४ विदेशी पर्यटकले मुक्तिनाथ भ्रमण गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित सूचना केन्द्रका अनुसार गत अप्रिल महिनामा मात्र नौ हजार १०५ विदेशी पर्यटक मुक्तिनाथ पुगेका थिए । तीमध्ये भारतीय पर्यटकको संख्या चार हजार ५३७ रहेको छ । एक्यापको आँकडानुसार मुक्तिनाथ घुम्ने भारतीय पर्यटकको संख्या वर्षेनी बढेको देखिन्छ । सन् २०१७ मा मुस्ताङ भित्रने भारतीय पर्यटकको संख्या २४ हजार ८८८ थियो । पछिल्लो सात वर्षमा करीब सवा लाख भारतीय तीर्थयात्रीले मुक्तिनाथ दर्शन गरेको पाइएको छ । भूकम्प गएको वर्ष सन् २०१५ मा भने सबैभन्दा थोरै आठ हजार ४५९ भारतीय पर्यटकले मुक्तिनाथको भ्रमण गरेका थिए ।

एक्याप इलाका संरक्षण कार्यालयका प्रमुख तुलसीप्रसाद दाहालले मुस्ताङ घुम्नेमा नेपालीपछि भारतीय पर्यटक बढी रहेको बताउनुभयो । अधिकांश भारतीय पर्यटक तीर्थयात्राको उद्देश्यले मुक्तिनाथ आउने गरेको उहाँको भनाइ छ । “पर्यटकीय याममा दैनिक सयौँ भारतीय पर्यटक मुस्ताङ प्रवेश गर्छन्”, उहाँले भन्नुभयो । पोखरादेखि हवाई र सडकमार्ग हुँदै भारतीय पर्यटक मुक्तिनाथ पुग्ने गर्छन् । वर्षका मुख्य दुई पर्यटकीय याममा पर्यटकको चाप बढ्ने गरेको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले बताउनुभयो । असोजदेखि मंसिरसम्म र चैतदेखि जेठसम्म मुक्तिनाथमा पर्यटकीय चहलपहल बढी हुने उहाँको भनाइ छ । अन्य समयमा मुस्ताङका गन्तव्यमा छिटफुट रुपमा पर्यटक देखिने गर्छन् ।
मुक्तिनाथ मन्दिरको दर्शनसँगै मुस्ताङको प्राकृतिक सुन्दरताले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्ने भएकाले पनि मुक्तिनाथको प्रसिद्धि चुलिएको हो । मुस्ताङ र मनाङ जोड्ने चर्चित ‘थोरङ्ला पास’ जाने पर्यटक पनि मुक्तिनाथ भएर जाने गर्छन् ।

मुक्तिनाथ हिन्दू मात्र नभएर बौद्ध धर्मावलम्बीको पनि तीर्थस्थलका रुपमा परिचित छ । मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा (छुमिङ ग्यास्ता) अर्थात् सय पानीका रुपमा लिने गर्छन् । समुद्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर शालिग्राम भगवान्का कारण पनि प्रसिद्ध छ ।

मुक्तिक्षेत्र भएर बहने कालीगण्डकी नदीमा मात्र पाइने पवित्र शिला शालिग्रामलाई विष्णु भगवान्को प्रतीकका रुपमा पुज्ने चलन छ । मनोकांक्षा पूरा हुनाका साथै पितृ उद्धारको विश्वासमा तीर्थयात्री मुक्तिनाथ आउने गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group