ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपराष्ट्रपतिसँग सिचुवानका उपगभर्नरको भेट


admin

काठमाडौं, २ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीन सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार (आज) दिउँसो २ः३० बजे उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर सिचुवान प्रान्तका उपगभर्नरले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको हो ।

उपराष्ट्रपतिले सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटमा नेपाल राजनीतिक स्थायित्व, विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपालको समृद्धिमा चीनको सहयोगको खाँचो औंल्याउनु हुँदै एक पेटी एक मार्ग (ओविओआर)बाट नेपालले अधिकतम लाभ लिने कोशिस गरिरहेको बताउनुभयो ।

उहाँले नेपाल लगानीका लागि भर्जिनल्याण्ड भएको उल्लेख गर्नुहुँदै उर्जा, कृषि, पर्यटन, रेलमार्ग, भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उपराष्ट्रपतिले चीनसँगको व्यापार बढ्दो भए पनि नेपालले व्यापार घाटा भोगिरहेको बताउनुभयो । उहाँले व्यापार सन्तुलनका लागि दुवै देशले सोंच्नुपर्ने बताउनुभयो ।

चिनियाँ प्रतिनिधि मण्डलसँगको भेटमा नेपाल चीनको एक चीन नीतिप्रति दृढ् रहेको उल्लेख गर्नुहुँदै चीन विरुद्ध नेपाली भूमि प्रयोग गर्न कसैलाई पनि नदिने बताउनुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा सिचुवान प्रान्तका उप उगभर्नरले नेपाल चीन सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताउनुभयो । उहाँले नेपालको विकासमा सधै चीनको साथ रहने उल्लेख गर्नुहुँदै चीन र सिचुवान प्रान्त नेपालको उर्जा, कृषि तथा खाद्य प्रविधि, सडक सञ्जाल, रेल वेको क्षेत्रमा लगानी गर्न चाहेको बताउनुभयो । उहाँले आफू नेतृत्वको प्रतिनिधि मण्डल लगानीको सम्भाव्यता अध्ययन गर्न आएको समेत बताउनुभयो ।
एक चीन नीतिप्रति नेपालले लिएको दृढ् अडानका लागि उहाँले धन्यवाद दिनुभयो ।

यसैबीच, बुधबार अपरान्ह नै उपराष्ट्रपतिसँग नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न योहानेशनले शिष्टाचार भेट गर्नुभएको छ । नर्वेजियन राजदूतसँगको भेटमा उपराष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया र विकासका लागि नर्वेले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com