ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्लभ एकसिंगे गैँडा मृत फेला


एबीसी न्यूज

 चितवन, २ जेठ।  चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहास्थित ढुंग्रे खोलामा आज एक गैँडा मृत अवस्थामा फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले आज सौराहाको ढुंग्रे खोलामा मृत फेला परेको गैँडा उमेरको कारण मरेको बुढो बताउनुभयो । करीब ३५ वर्षको गैँडा खोलाको पानीमा मृत अवस्थामा फेला परेको निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिनुभयो ।

खाग र खुर सुरक्षित रहेको गैँडालाई आजै परीक्षण गरी गाडिएको छ । उहाँका अनुसार उक्त बुढो गैँडा लामो समयदेखि सौराहा आसपास डुल्दै आएको थियो । यो सँगै चालु आर्थिक वर्षको अहिलेसम्म कालगतिले २४ वटा गैँडा मरिसकेका छन् । अघिल्लो आर्थिक वर्षमा कालगतिले २५ गैँडा मरेका थिए ।

विश्वमै दुर्लभ मानिएको एकसिंगे गैँडा प्राकृतिक बासस्थानमा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा गैँडाको मुख्य बासस्थान भने चितवन राष्ट्रिय निकुञ्ज हो । यहाँ पछिल्लो अनुगमनमा ६०५ गैँडा भेटिएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com