ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरकारीको सिन्डीकेट पनि हट्ने


admin

काठमाडौं, १ जेठ । फलफूल तथा तरकारी बिक्री वितरणमा देखिएको एकाधिकार अन्त्य हुने भएको छ ।

कालीमाटी तरकारी तथा फलफूल विकास समितिबाट सञ्चालित तरकारी बिक्री केन्द्रमा समेत एकाधिकार रहेको जनगुनासो जनस्तरसम्म पुगेपछि कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले छिट्टै एकाधिकार अन्त्य गर्ने जनाएको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समिति राज्यबाट सञ्चालित निकाय हो ।

कालीमाटी तरकारी बजारको स्थापना २०५५ सालमा भएको थियो । सोही समयदेखि सिमित व्यपारीले मनोमानी रुपमा तरकारी बजार सञ्चालन गर्दै आएका छन् ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले कालीमाटी तरकारी तथा फलफूल
विकास समितिको बजार सञ्चालन नियमावली संशोधन गरेर भएपनि तरकारी बिक्री बितरणमा देखिएको एकाधिकार अन्त्य गर्ने जानकारी दिनुभयो ।

तरकारी व्यवसायी महासंघका अध्यक्ष सोमप्रसाद घिमिरेले नियमावलीले दिएको अधिकार व्यपारीले प्रयोग गरेको बताउनुभयो ।

बजार विकास समितिको बजार सञ्चालन नियमावलीले एकाघरको एकपुस्ताको अन्त्य भएपनि सोही घरको अर्का पुस्ताले व्यवसाय सञ्चालन नगरेको हकमा मात्र अर्का पक्षले बिक्री कक्ष भाडामा लिन पाउने प्रावधान छ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष उद्धव अधिकारीले पुस्ता दरपुस्ताले एकलौटीरुपमा तरकारी बजार सञ्चालन गरेकाले तरकारीको भाउ महँगो भएको बताउनुभयो ।

विकास समिति सञ्चालनको नेतृत्व नेपाल सरकारले गर्छ । झन्डै ४५ रोपनी जग्गामा फैलिएको बिक्री केन्द्रको कार्यसमितिमा किसान, व्यवसायी र स्थानीय जनप्रतिनिधि रहने व्यवस्था छ ।

राज्यले तोकिएको दरमा व्यपारीले सटर भाडा लिने र सो सटर पुनः अर्का पक्षलाई भाडामा लगाउने परम्पराले तरकारीको मूल्य दोब्बर महँगो भएको उपभोक्तले बताउँदै आएपछि दुवै पक्ष एकाधिकार अन्त्यका लागि सहमति नजिक पुगेको बताइन्छ ।

कालीमाटी तरकारी तथा फलफूल विकास समितिले ६०१ बिक्री कक्ष स्थानीय व्यवसायीलाई उपलव्ध गराएको छ । जसमध्ये १० फलफूल १८ माछा, कृषक समूहका कार्यालय १५, आलु प्याज ७० र बाहिरी बिक्री कक्ष ७० तथा बाँकी ४१८ हरियो सागसब्जी बिक्री कक्षबाट तरकारी बिक्री वितरण हँुदै आएको छ । हाल दैनिक लगभग रु तीन करोड २५ लाखको तरकारीको कारोबार हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com