ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानिय तह निर्वाचनको एक वर्ष पूरा: अपराधीक मुद्धामा मुछिएका यी जनप्रतिनिधि


admin

काठमाडौं, १ जेठ । लामो समयपछि भएको स्थानीय तहको निर्वाचनको एक वर्ष पूरा भएको छ। यी समयमा विभिन्न विषय चर्चामा रहे । जनप्रतिनिधिहरु स्थानिय तहमा निर्वाचित भएर गएपछि विकासका कामहरुले पनि अग्रता लिएको छ । तर तीमध्येका केही जनप्रतिनिधिहरु यस्ता निक्लिए जो अपराधीक क्रियाकलापमा संलग्न रहेका कारण यो एक वर्ष चर्चामा रहे । अपराधीक मुद्धामा र विवादमा तानिएका जनप्रतिनिधिहरु-

मेयर सियाराम कुशवाहा, हत्या प्रकरणको आरोप

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई गत बिहीवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गर्यो। हिन्दु युवासंघ वीरगंजका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या प्रकरणमा मेयर कुशवाहालाई पक्राउ गरिएको हो ।

तिवारीको २०६७ असार १२ गते वीरगंज मसानघाट शिव पार्वती मन्दिर नजिकै हत्या भएको थियो। हत्यामा मेयर कुशवाहको संलग्नता नदेखिएको भन्दै गत फागुनमा जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै जनकपुर उच्च अदालतले कुशवाहालाई जन्मकैदको सजाय सुनाएको छ ।

कुशवाहा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। उनले स्थानीय तह निर्वाचनमा ४ हजार १६३ मत प्राप्त गरी जित हासिल गरेका थिए। उनी पूर्वमन्त्री प्रभु साहका स्वकीय सचिवसमेत थिए।

वडा अध्यक्ष सुनबहादुर तामाङ, मानव बेचविखनको आरोप

दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीका वडा अध्यक्ष तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको मुद्दा विचाराधीन छ। उनी विरुद्ध २०६८ अशोजमा सुन्तली तामाङले अदालतमा मुद्दा हालेकी थिइन्।

गत पुसमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले वडा अध्यक्ष तामाङलाई पक्राउ गरेको थियो। तर, वैशाख ६ गते सर्वोच्च अदालतले निलम्वित वडा अध्यक्ष तामाङलाई छोड्न आदेश दिएको थियो। नाम र ठेगाना नमिलेको भन्दै न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले छोड्न आदेश दिएको हो।

तर, सर्वोच्चको आदेशले छुटे लगतै उनलाई पुन अर्को मुद्धामा पक्राउ गरिएको थियो। उनलाई हाल नुवाकोट कारागारमा राखिएको छ ।

गत वर्षको वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तामाङ नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

वडा अध्यक्ष झकबहादुर कुमाल, बलात्कार काण्डको आरोप

तनहँ घिरिङ गाँउपालिका ४ का वडा अध्यक्षमाथि बलात्कारको आरोप लागेको छ। वडा अध्यक्ष झकबहादुर कुमालमाथि नवलपरासीकी एक महिलाले प्रहरीमा उजुरी दिएकी छन्।

वडा अध्यक्ष राजकुमार पौडेल, सुन तस्करीमा संलग्न

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गत भदौमा बरामद गरेको १६ केजी सुन प्रकरणमा भोटेकोसी गाँउपालिका अध्यक्ष राजकुमार पौडेल पक्राउ परे। उनी स्थानीय तहमा माओवादीबाट निर्वाचित भएको केही महिनादेखि नै बिदामा बसेका थिए। पौडेलले रसुवाको केरुङ नाकाबाट सुन तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। व्यूरोले भदौमा सात करोड रुपैयाँ बराबरको सुन सहित सात जनालाई पक्राउ गरेको थियो।

सिन्धुपाल्चोकका २६ वर्षीय पेम्बा दोर्जे शेर्पा, भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, काठमाडौका ३९ वर्षीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, भक्तपुर निवासी ३४ वर्षीय राजेन्द्र खत्री, रविन खत्री र धनुषाका ३८ वर्षिय दीपककुमार शाह रहेका छन् त्यस प्रकरणमा समातिएका थिए।

वडा अध्यक्षद्धव, कार्यालयमा मदिरामा मस्त भएपछि पक्राउ

ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई दिउँसै मदिरा सेवन गरेर कार्यालय जाने गरेको र होहल्ला गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।

त्यस्तै झापा मेचीनगर नगरपालिका २ का वडा अध्यक्ष तिलक न्यौपानेलाई पनि मदिरा पिएर कार्यालयमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

न्यौपाने स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट १ हजार १ सय १८ मत प्राप्त गरी विजयी भएका थिए।

वडा अध्यक्ष सगिर खान, कैद भुक्तानका लागि पक्राउ

बाँके डुडुवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सगिर खान कैद भुक्तानका लागि पक्राउमा परे । वन सम्बन्धी मुद्दामा खानले २६ दिन कैद भुक्तान गर्ने बाँकी भएकाले प्रहरीले पक्राउ गरेको हो। उनी स्थानीय तहको निर्वाचनमा संङघीय समाजवादी फोरम नेपालबाट विजयी भएका थिए।

उपाध्यक्ष हिमाली रोकाय, फर्जी विद्यार्थीलाई परिक्षा दिन लगाएको आरोप

जुम्ला हिमा गाँउपालिकाकी उपाध्यक्ष हिमाली रोकायको नाममा अर्कैले परीक्षा दिँदै गरेको भेटियो। उनको नाममा परीक्षा दिने नक्कली परिक्षार्थी पक्राउ परिन्। राहदेव माध्यमिक विद्यालय मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिँदै गरेकी विमला रोकायलाई पक्राउ गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com