ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिम्रो सम्झनामा


एबीसी न्यूज

तिमी जब मेरो जीवनमा आयौ
हृदयमा प्रेमको झन्कार जगायौ

तिमी आउनलाई यसरी आयौ
जसरी हाँगाहाँगामा
हरियाली लिएर आउँछ वसन्त
प्रीतिको सुवास बोकेर आउँछन् फूलहरु
जीवनको नवीन आँकुरा लिएर आउँछ रिमझिम वर्षात्

तिमी आएपछि नै हो
मेरो भेट मसँग भएको
मेरो हिमाल मेरै आँखाहरूमा मुस्कुराएको
मेरो घाम मेरै निधारमा उदाएको
मेरो गुराँस मेरै गालाहरूमा फुलेको ।

तिमी आएपछि सिकेकी हुँ खुसीको कखरा
लेख्न थालेकी हुँ बालुवाको सिलोटमा संघर्षका कथा
अनिस पढ्न थालेकी हुँ पवित्र प्रेमको बाह्रखरी १

तिम्रा आँखामा ऐना हेरेपछि
मैले देखेकी हुँ
आँसुको अक्षरमा पनि मुस्कुराउने जीवन
दुस्खको गीतमा पनि छङछङाउने झरना
शीतको चिस्यानमा पनि मगमगाउने माटोको महक ।
तर
जसरी बगेको खोला कहिले फर्किदैन
जसरी बितेको समय कहिले फिर्ता हुँदैन
अनि जसरी गएको लोभलाग्दो बैँस
कहिल्यैे फर्केर आउँदैन
ठीक त्यसैगरी गयौ तिमी मबाट
जसरी मान्छे पनि यो संसारबाट जाँदैन ।

मगमगाउने फूल थिएँ म पारीजातको
तिमी हावाको बेग बनेर आयौ
मेरा जीवनका सपना फुलायौ,
अनि फुलेको सपनाका थुँगाहरूमाथि
गहिरा कलेजी यादहरू छोडी गयौ ।

तिमी आँखाबाट अनायास खसेको
आँसुको ढिका भएर गयौ
अमूल्य थियौ तर फिकाफिका भएर गयौ

जब तिमी गयौ मबाट
मेरो जीवनको पहाडमा पहिरो गयो
मेरा रहरका फाँटहरूमा धाँजा फाट्यो
मेरो यात्राको नीलो आकाशबाट
सधैंको लागि एउटा घाम अस्तायो ।

तिम्रै सम्झनामा हजारौंको बिचमा एक्लै छु आज
तिमी आउँदा असारु बनें म
तिमीसितै जीवनको साउनु बगें म
भोलि तिमीसितै तारा भएर बाँच्न चाहन्छु ।

उस् त्यो आकाशमा चमचम गर्दै
अन्धकार धर्तिमा पिलपिलाउने
प्रेमको दुईटा ताराझैँ अमर हुन चाहन्छु म
तिम्रै मधुर सम्झनासँगैस तिम्रै प्रेमको शितल छायासँगै ।

तिमीले उस् त्यो शिखरमा फरफराइरहेको
रातो झन्डा देख्यौ ?
त्यही झन्डामा टल्किरहेको
एउटा घाम तिमी हौस अर्को जून म हुँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com