चौराहा, बुटवल। नयाँ नेपाली चलचित्र “बिगुल” आजदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको छ। सामाजिक एबम राजनीतिक तथा समसामयिक विषयवस्तुमा आधारित यस चलचित्रले प्रदर्शनको सुरुवातसँगै दर्शकहरूको ध्यान आकर्षित गरेको छ। चलचित्रले समाजमा विद्यमान विभिन्न समस्या र त्यसबाट उत्पन्न हुने संघर्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको बताइएको छ। निर्देशक रामेश्वर कोइरालाका अनुसार “बिगुल” केवल मनोरञ्जन मात्र नभई सचेतनाको सन्देश दिने उद्देश्यले निर्माण गरिएको हो। चलचित्रको कथाले सामाजिक न्याय, एकता र परिवर्तनको आवाजलाई उजागर गर्ने प्रयास गरेको छ।बुटवलको द्वारिका हलमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीले ज्येष्ठ नागरिकहरुलाई हलमा ल्याई प्रदर्शन गरिएको शोमा उपस्थित दर्शकहरुले कलाकारहरूको अभिनयलाई दर्शकहरूले प्रशंसा गरेका छन्। विशेषगरी प्रमुख पात्रको भावनात्मक प्रस्तुतिले धेरैको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ। छायांकन, पृष्ठभूमि संगीत तथा संवाद पनि प्रभावशाली रहेको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ। त्यसो त फिल्मलाई प्रदर्शनको पहिलो दिनमै हलहरूमा उत्साहजनक उपस्थिति देखिएको छ। युवा पुस्तादेखि परिवारसम्मका दर्शकहरूले चलचित्रप्रति चासो देखाएका छन्। केही दर्शकले कथाको गति अझ सशक्त बनाउन सकिने सुझाव दिएका छन् भने अधिकांशले चलचित्रको सन्देशलाई समय सान्दर्भिक बताएका छन्।चलचित्रकर्मीहरूले “बिगुल” ले नेपाली चलचित्र क्षेत्रमा नयाँ बहस र सकारात्मक परिवर्तनको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा चलचित्रको व्यापार र दर्शक प्रतिक्रिया कस्तो रहनेछ भन्नेमा सबैको ध्यान केन्द्रित रहेको छ। म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशाका साथमा नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायत कलाकारले अभिनय छ । प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको फिल्मको सहनिर्मातामा सूर्यकान्त कोइराला र महेश कोइराला छन् ।काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्सले वितरण गर्ने फिल्मको मोफसल वितरण श्री ब्याङ्केट्स इन्टरटेन्मेन्ट रहेको छ ।








प्रतिक्रिया दिनुहोस्