ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीको भ्रमणबारे भारतमै प्रश्न ? कंग्रेस र भाजपाबीच आरोप–प्रत्यारोप


एबीसी न्यूज

नयाँदिल्ली १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण (२८–२९ वैशाख) बारे भारतमै प्रश्न उठेको छ । उनको भ्रमणबारे नेपालको संघीय संसद्मा चर्काचर्की चलिरहेका बेला भारतका प्रमुख राजनीतिक दलबीच पनि आरोप–प्रत्यारोप सुरु भएको छ । नेपाल भ्रमणका क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय जनता पार्टी र प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेसबीच आरोप–प्रत्यारोप चलेको हो ।

प्रतिपक्षी कंग्रेसले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएको हिन्दु धार्मिक तीर्थाटनप्रति आपत्ति जनाएको छ । उक्त भ्रमण नेपालसँगको सम्बन्ध सुधार्नभन्दा कर्नाटकको चुनाव प्रभावित गर्न लक्षित भएको आरोप कंग्रेसको छ ।

राजस्थानका पूर्वमुख्यमन्त्री गहलोतले मोदीको नेपाल भ्रमणको साइत नियतवश नै कर्नाटक चुनावको समयमा पारिएको र निर्वाचन आचारसंहिताको धज्जी उडाइएको समेत बताए । सोही दलका प्रवक्ता टोम वडक्कनले पनि समयका हिसाबले मोदीको भ्रमणमाथि प्रश्न गर्ने प्रशस्त ठाउँ रहेको बताए ।
‘भ्रमणलाई लिएर प्रश्न गर्ने प्रशस्त ठाउँ छ । यो विदेश मामिलासँग जोडिएको विषय भए पनि देशभित्र चुनावी प्रक्रिया चलिरहेका बेला भएको धार्मिक भ्रमणलाई सही मान्न सकिँदैन,’ उनले भने । गहलोतको भनाइको समर्थन गर्दै प्रवक्ता टोमले भने, ‘पार्टीको महासचिव भएकाले पनि उहाँले बोलेका कुरा पार्टीको आधिकारिक लाइनभन्दा फरक पर्दैन ।’

भाजपाका प्रवक्ता नलिन एस कोहलीले भने गहलोतको आरोपको खण्डन गर्दै मुलुकको विदेश सम्बन्ध र देशभित्रको चुनावबीच कुनै सरोकार नभएको बताए ।

मोदीको यस पटकको नेपाल भ्रमण विशेषतस् घरभित्रको राजनीति लक्षित भएको दाबी दिल्लीका परराष्ट्र मामिलाका विश्लेषक र पत्रकारहरूले समेत गरेका छन् । जनकपुर, मुक्तिनाथ हुँदै पशुपतिनाथ गएर टुंगिएको उनको तीर्थाटन विशेषगरी उत्तरप्रदेश, बिहारदेखि दक्षिण भारतीय राज्य कर्नाटकसम्म लक्षित रहेको उनीहरूको दाबी छ । कर्नाटकको जनसांख्यिक संरचना हेर्ने हो भने उक्त दाबीलाई गलत भन्न मिल्दैन ।

करिब ८४ प्रतिशत हिन्दु जनसंख्या भएको कर्नाटकमा हिन्दु धर्मावलम्बीमध्ये पनि शैव र वैष्णव सम्प्रदायको बाहुल्य छ । वैष्णव सम्प्रदायका लागि मुक्तिनाथ र शैव सम्प्रदायका लागि पशुपतिनाथ सबैभन्दा ठूला पवित्रस्थल मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com