ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐतिहासिक धरोहर काष्ठमण्डपको पुनर्निर्माण सुरु


admin


काठमाडौं, ३१ वैशाख ।
काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम सुरु भएको छ ।

स्थानीय जनताको सहभागितामा सोमबारबाट काष्ठमण्डप पुनर्निर्माणको काम सूरु गरिएको हो । सोमबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले क्षमा पुजा गरेपछि यसको पुनर्निर्माणको कामले औपचारिकता पाएको हो । त्यस अवसरमा मन्त्री अधिकारीले स्थानीय स्तरबाट बन्ने भएकाले काष्ठमण्डपको पुनर्निर्माण सबैभन्दा राम्रो हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउनु अघि नै काठमाडौंका सबै सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने योजना पनि अघि सार्नु भयो ।

काठमाडौं महानगरपालिकाको निगरानीमा काष्ठमण्डप निर्माणको जिम्मेवारी स्थानीयलाई दिइएको छ । यसको निर्माणका लागि आर्थिक सहयोग जुटाउनस्थानीय समितिहरुको समेत निर्माण गरिएको छ । ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको काष्ठमण्डपको पुनर्निर्माणका लागि करिव १९ करोड लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्मोहन जोशीले काष्ठमण्डप पूरानै शैलीमा बन्ने विश्वास व्यक्त गर्नु भएको थियो । सरकारले धराहर पुनर्निर्माणका लागि पनि सोमबार बोलपत्र आह्वान गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले धराहरा पुननिर्माणका लागि सोमबार बोलपत्र आह्वान गरेको हो । त्यसैगरी रानीपोखरी पुनर्निर्माणको काम यही जेष्ठ १५ गतेबाट सुरु गर्ने तयारी गरिएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त बनाएको काठमाडौंका सम्पदाहरुको पुनर्निर्माणको कामलाई सरकारले अव तीव्र गतिमा अघि बढाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com