ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबारमार्ग बलात्कार प्रकरण: अनुसन्धान प्रतिवेदन बुझाईयो, फरार तीनलाई पक्रन इन्टरपोलको सहारा लिइने


admin
बैशाख ३१, २०७५ सोमबार  ४ : ०४ बजे

काठमाडौं, ३१ वैशाख । काठमाडौं प्रहरी परिसरले गत माघ ७ गते दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा भएको भनिएको सामुहिक बलात्कारको केसको अनुसन्धान गरेर प्रतिवेदनसहितको मिसिल सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले करिब तीन महिनाको अनुसन्धानपछि सोमबार उक्त मिसिल काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले बताए।

प्रहरीले घटनामा संलग्न मुख्य आरोपी शैलेस कार्कीसहित ४ जनालाई प्रतिवादी बनाएर मिसिल बुझाएको हो। चारै जनाविरुद्ध संगठित अपराधविरुद्धको मुद्दा चलाइएको छ ।

घटनाका मुख्य अभियुक्त पीडित युवतीका प्रेमी भनिएका शैलेश कार्कीलाई चैत ६ गते काठमाडौंको दरवारमार्गबाट पक्राउ गरिएको थियो। घटनामा संलग्न विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठ हाल फरार छन् । उनीहरुलाई नै प्रतिवादी बनाएर मुद्दा बुझाइएको छ । उनीहरुको खोजीका लागि इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गर्ने तयारी गरिएको छ ।

घटना के थियो

दाङ घर भएकी पीडित युवतीले शैलेश कार्कीसहित अन्य तीन जनाले आफुलाई सामुहिक बलात्कार गरेको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी हालेकी थिईन ।

शैलेश र युवतीको फेसबुकबाट चिनजान भएको थियो । तर पछि कुराकानी अघि बढ्दै जाँदा उनीहरुको चिनजान प्रेममा परिणत भयो ।

युवतीको बयान अनुसार सोही अनुरुप कार्कीले युवतीलाई दरबारमार्गको ल्याण्डमार्क होटलमा बोलाए । तर, होटलमा कार्की एक्लै थिएनन्, उनले अरु तीनवटा कोठा बुक गरेर आफ्ना तीन जना साथी राखेका थिए ।

युवकहरु मदिरामा मस्त भएका बेला राति आफूमाथि सामूहिक बलात्कार भएको युवतीको दाबी छ ।

घटनालाई मिलाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालिन प्रहरी अधिकारी नै अग्रसर भएपछि यो बलात्कार प्रकरण चर्चामा आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

न्यायको कठाघरामा रवि: महान्यायाधिवक्ताको ‘अस्त्र’ ले रोकिएको सुनुवाइमाथि प्रश्न

लोकतन्त्रको रक्षा गर्छौ ः एमाले सचिव , अर्याल भिडियो

सम्बन्धित

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

आईफोन र आईप्याडका लागि नयाँ सफ्टवेयर: मेटिएका म्यासेज अब प्रहरीले निकाल्न नसक्ने

भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

मन्त्रिपरिषद्को बैठक बस्दै

रविलाई पदबाट हटाउन र बालेनमाथि अनुसन्धान थाल्न जेनजीको माग

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com