ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा क्षेत्रको समस्या समाधान गर्न अध्यक्ष दाहालको मोदीलाई आग्रह


एबीसी न्यूज
बैशाख २९, २०७५ शनिबार   ३ : ३८   बजे

 

काठमाडौँ, २९ वैशाख ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय र नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्नुभएको छ ।

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री मोदीसँग आज यहाँ भएको भेटवार्तामा अध्यक्ष दाहालले सीमा क्षेत्रको समस्या र विराटनगरको सम्पर्क कार्यालयको समस्या समाधान भए दुई देशको सम्बन्ध थप सुमधुर बन्ने विश्वास व्यक्त गर्नुभएको हो ।
भेटका अवसरमा आफूले विराटनगरमा रहेको दूतावासको सम्पर्क कार्यालय र सीमा क्षेत्रमा नेपालीले भोग्नुपरेको समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिनुभयो ।

कोशीको बाढीलगत्तै भारतीय पक्षले राहत तथा उद्धारका लागि सहयोग पुग्ने भन्दै विसं २०६५ मा विराटनगर १३ स्थित मलाया रोडमा दूतावासको सम्पर्क कार्यालय स्थापना गरेको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा नेपाली नागरिक आवतजावत गर्दा समस्या भोग्नुपरेको र सीमा क्षेत्रमा अन्य समस्या पनि कायम रहेकाले समाधानका लागि आग्रह गरेको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“सीमा क्षेत्रमा नेपालीले समस्या भोगेका छन्, त्यसलाई समाधानको पहल गरिदिनुप¥यो भनेर मैले भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेको छु । उहाँले सकारात्मक जवाफ दिनु भएको छ”, भेटवार्तापछि अध्यक्ष दाहालले भन्नुभयो ।
नयाँ संविधानको कार्यान्वयनसँगै नेपाल आर्थिक समृद्धिको दिशामा अगाडि बढेकाले महत्वपूर्ण सहयोग भारतकातर्फबाट उपलब्ध हुने अपेक्षा आफूले कुराकानीका अवसरमा राखेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

भेटवार्तामा आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल भएको थियो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संविधानको कार्यान्वयनसँगै नेपाललाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै भारतीय प्रधानमन्त्री मोदीले अध्यक्ष दाहालको प्रशंसासमेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group