ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करारमा कर्मचारी नियुक्त गर्न नपाइने, नयाँ आयो मापदण्ड


एबीसी न्यूज
बैशाख २८, २०७५ शुक्रबार  ६ : ०० बजे

काठमाडौं, २८ वैशाख । सरकारले स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्त गर्न कडाइ गरेको छ ।

सरकारी निकायले जथाभावी खर्च गर्दा राष्ट्रिय ढुकुटीमा चाप पर्न थालेपछि सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी मार्गदर्शन नै बनाएको छ ।

मन्त्रिपरिषदले हालै स्वीकृत गरेको मार्गदर्शनमा नयाँ संरचना र दरबन्दी सिर्जना गर्न र स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्ति गर्न पाइने छैन । सरकारी खर्चमा गोष्ठी, सेमिनार जस्ता कार्यक्रम गर्दा सम्भव भएसम्म सरकारी हल प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

साथै साविकको कार्यालयका लागि थप फर्निचर तथा कम्प्युटर, ल्यापटप, प्रिन्टर खरिद गर्ने मार्गदर्शनमा उल्लेख छ ।

मर्मत् नगरी फर्निचर, सजावटका सामग्री खरिद गर्न नपाउने व्यवस्था निर्देशिकामा छ । मार्गदर्शनले सबै सरकारी कार्यालय र पदाधिकारीहरुलाई आर्थिक मितव्ययीताको दायरामा ल्याएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

निर्देशिकामा सार्वजनिक क्षेत्रमा उस्तै किसिमको योजना, कार्यक्रम र कार्ययोजना बेग्लाबेग्लै निकायबाट प्रस्ताव गर्ने र स्रोतको माग गर्न बन्द गर्ने उल्लेख छ । दातृ निकायबाट प्राप्त हुने रकमलाई दोहोरोपन नहुनेगरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था पनि मार्गदर्शनमा राखिएको छ ।

सार्वजनिक खरिदका विकृति नियन्त्रण गर्ने विषय पनि मार्गदर्शनमा समेटिएको छ । लामो समयसम्म कार्यसम्पादन नगरी ठेक्का अवधि थपेर अनावश्यक व्यायभार सिर्जना गर्ने तथा विभिन्न बाहनामा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने व्यवस्था पनि मार्गदर्शनमा गरिएको छ ।

विकास आयोजनाको निरन्तर अनुगमन गरी दोषी भेटिएकामाथि कारवाही गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ । निर्माण व्यवसायीको क्षमताको पहिचान नगरी अन्धाधुन्ध निर्माणको ठेक्का दिएको पाइए सम्बन्धित सरकारी अधिकारीलाई कारवाही गर्ने व्यवस्था गरिएको छ ।

अनावश्यक वस्तुको खरिद तथा भण्डारण गर्ने, आवश्यक जनशक्ति नहुँदा पनि मेसिनरी किन्ने, मितव्ययीताको ख्याल नगरी सफ्टवेर खरिद गर्न पनि मार्गदर्शनले प्रतिबन्ध लगाएको छ । संगठित रुपमा सेवाको मूल्य अनावश्यक रुपमा बढाउने, प्रतिस्पर्धात्मक बजारलाई संकुचित गरी बढी मूल्य कायम गर्ने, एकाधिकार स्थापित गर्ने, जस्ता कार्यको अन्त्य गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

सरकारी पदाधिकारीले तोकिएको भन्दा बढी सवारी साधन र अगुवापछुवा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ ।
अब स्वीकृत मापदण्डबाहेक सरकारी सवारी साधनमा निजी नम्बरप्लेट राख्न समेत पाइनेछैन । आर्थिक कार्यविधि ऐन तथा आर्थिक नियमावली बमोजिम प्रयोगमा नआउने सवारी साधन ६ महिनाभित्र लिलाम गर्नुपर्ने व्यवस्था पनि निर्देशिकाले गरेको छ ।

अत्यावश्यक अवस्थामा पुराना सवारी साधन लिलामको प्रक्रिया अगाडि बढाएपछि मात्रै नयाँ सवारी साधन किन्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, सम्भव भएसम्म मर्मत गरेरै सवारी साधन चलाउनुपर्ने कडा व्यवस्था निर्देशिकाले गरेको छ ।

विभिन्न नाममा हुने वैदेशिक भ्रमणलाई पनि निर्देशिकाले निरुत्साहित गरेको छ । विदेशी राष्ट्र तथा आयोजकले खर्च व्यहोर्ने वैदेशिक तालिम अध्ययन तथा अवलोकन भ्रमणमा मनोनयन भएका पदाधिकारीलाई सरकारका तर्फबाट पकेट खर्च, बाटोको म्याद, भ्रमण भत्ता लगायतको खर्च नगरिने निर्देशिकामा छ ।

सार्वजनिक निकायका पदाधिकारीले गैरसरकारी संस्थाका साथै आयोजना सम्वद्ध निर्माण व्यवसायी एवं परामर्शदाताको खर्चमा विदेश भ्रमण गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको ‘राष्ट्रवादी’ रणनीतिको छायामा रविको दिल्ली दौड !

संसददेखि गणतन्त्र दिवससम्म मौन प्रधानमन्त्री, गणतन्त्र दिवसमा राष्ट्रपतिबाट सम्बोधन गराउने निर्णय

सम्बन्धित

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

हर्कराज राईको कडा अभिव्यक्ति: बालेन्द्र साहको राजीनामा माग

इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु

फेसबुकमा सिनियर अफिसरको तस्बिर राखेर ‘तिमीहरूले मलाई मारेउ’ लेखेका बैंकर मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com