ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी भ्रमण लक्षित गर्दै मौसमको चारदिने भविष्यवाणी


admin
बैशाख २७, २०७५ बिहीबार  ७ : ४१ बजे

काठमाडौँ, २७ वैशाख। मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ, जनकपुर, मस्ताङ (मुक्तिनाथ) र पोखराको चारदिने विशेष मौसमी सूचना (पूर्वानुमान) आज सार्वजनिक गरेको छ ।

महाशाखाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण अवधिको मौसमी भविष्यवाणी गरेको हो । भारतीय प्रधानमन्त्रीे मोदी शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । उहाँले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरको दर्शन गर्नुहुने कार्यक्रम छ ।

शुक्रबार र शनिबार अपराह्नपछि हिमपात र वर्षा हुनसक्ने मौसमी विवरणमा उल्लेख छ । भारतीय प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा भ्रमण हुने स्थलको मौसमी अवस्थाबारे परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीको आग्रहअनुसार मौसमी सूचना सार्वजनिक गरिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

कुनै ठूलो मौसमी प्रणाली आउन लागेको वा तीन÷चार दिनसम्म पानी पर्ने अवस्थामा यस्तो मौसमी सूचना निकालिने गरिएको थियो ।

महाशाखाले मनसुन शुरु हुने तथा खास मौसमी अवस्थामा छुट्टै मौसमी सूचना निकाल्ने गरेको मौसमविद् पौडेलको भनाइ छ । यसअघि गत मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अवधिमा विशेष मौसमी सूचना निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी सहुलियतहरू कसरी चुपचाप चिनियाँ प्रभावमा परिणत हुँदैछन्

’लालटिन’ बालेर विरोध प्रदर्शन ः डा. मुक्ति प्रधान, पूर्व महान्यायाधिवक्ता , भिडियो

सम्बन्धित

सरकारलाई संसद्प्रति जवाफदेही बनाउन निलम्बित हुन पनि तयार छौँः हर्क साम्पाङ

कांग्रेसको देउवा समूहले अनामनगरमा खोल्यो सम्पर्क कार्यालय

कक्षा ११ को पठनपाठन असार १ बाट सुरू गर्न सरकारको निर्देशन

दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश

विभिन्न ब्राण्डका नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र सार्वजनिक गर्ने २ युवक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com