ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रमिते गाउँलेको किन नेत्र खुल्दैन? राधा भन्छिन् ‘गाउँमा अझै बोक्सी भन्छन्’


admin

(फाईल फोटो)

काठमाडौं, २६ वैशाख । महिला दिवसकै दिन बोक्सीको आरोपमा गत फागुन २४ गते निर्घात कुटपिट र यातना खेपेकी घोडाघोडी नगरपालिका–५ देउकलियाकी राधा चौधरीले गाउँघरमा असामान्य व्यवहार भोग्नुपरेको बताएकी छन्।

घोडाघोडी नगरपालिकाकै सुखडस्थित राष्ट्रिय माविमा कक्षा ११ मा अध्ययनरत उनले भनिन्, ‘विद्यालयमा शिक्षक र साथीभाइले त राम्रो व्यवहार गर्छन्। तर, गाउँघरका कतिपयले अझै बोक्सी भन्ने गरेका छन् ।’

मंगलबार पढाइ खर्चवापत प्राप्त भएको सहयोग रकम बुझ्ने कार्यक्रममा उनले गाउँमा खेपिरहेको भोगाइ सञ्चारकर्मीसामु बताएकी हुन् ।

कुटपिटको घटना भएको केही दिनमै प्रदेश ७ को सरकारले राधाको उच्च शिक्षा र स्वास्थ्य उपचार खर्च व्यर्होने आश्वासन दिएको थियो। तर, यो वर्षको वार्षिक शुल्क आफैंले तिरेको उनले सुनाइन् ।

बोक्सी भगाउने भन्दै राधालाई कुटपिट गर्ने देउकलियाकै रामबहादुर चौधरी उर्फ भोलेबाबा, किस्मती चौधरी लगायतलाई पुर्पक्षका लागि थुनामा राखिएको छ।

सोही कार्यक्रममा राधालाई अध्ययन खर्चका लागि विदेशबाट पठाइएको ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। हाल बेलायमा बस्दै आएकी खोटाङ बाक्सीला ८ की जयन्ती राईले पत्रकार दीपक उपाध्याय मार्फत पठाएको रकम मंगलबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत राधालाई हस्तान्तरण गरिएको हो।

राधामाथि भएको अमानवीय घटनाबारे विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएकी राईले चित्रकला मार्फत संकलन भएको रकम राधालाई सहयोग गरेकी हुन्।

यही बैसाख ३० गतेबाट सुरु हुने कक्षा ११ को परीक्षाको तयारी गरिरहेकी राधाले अध्ययन खर्च पठाइदिने राईलाई धन्यवाद दिइन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com