रामेछाप, २६ वैशाख । रामेछापको उमाकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा भेटिएका छन् ।
बुधबार बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा खत्रीको शव भेटिएको हो ।
खत्री मंगलबार विहान साढे ८ बजेदेखि सम्पर्कविहीन थिए । खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी मंगलबारै फेला परेको थियो । ती सामान भेटिएकोभन्दा करिब पाँच सय मिटर तल शव भेटिएको खोजीकार्यमा संलग्न स्थानियबासीले जानकारी दिएका छन् । उनि मंगलबार बिहानदेखि हरायका थिए ।
सधैँ झैँ मंगलबार बिहानै गाउँपालिकामा ‘कार्यपालिकाको बैठकमा ११ बजे नै पुग्नु पर्ने छ’ भन्दै बिहान ७ बजे नै घरबाट हिँडेका केसी दिउँसोसम्म पनि बैठकमा पुगेनन् । त्यसपछि गाउँपालिकाका प्रमुखलगायतका पदाधिकारीहरुले केसीको मोबाइलमा सम्र्पक गर्दा समेत फोन नउठेपछि अध्यक्ष केसीको घरपरिवारमा सोधखोजपछि खोजी कार्य भइरहेको थियो । उनी दश महिनाअघि भएको चुनावमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्