काठमाडौ, २३ साउन । ललितपुरको कुसुन्ती स्थित अरुण वस्तीमा सोमबार गोली चलेपछि एकको मृत्यु भएको छ । लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए । प्रहरीले पछ्याउँदै गर्दा उनले फायर खोलेको र आफूहरुले जवाफी कारबाही गरेको प्रहरीले बताएको छ ।
गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्