ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता केही दिनमै : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

काठमाडाैं,२४  वैशाख ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता केही दिनमै टुंगिने बताउनुभएको छ । सोमबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा उहाँले अब बस्ने पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताको विषयलाई टुंग्याउने दावी गर्नुभएको हो ।

संयोजन समितिको बैठक केही दिनमै बस्ने जानकारी पनि उहाँले दिनुभयो । माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक भइरहेको जानकारी गराउनुभएको थियो ।

बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका विषयमा दुई दलबीच समान धारणा बनाउनुपर्ने भएकाले पार्टी एकतामा केही ढिलाई हुन गएको जानकारी गराएको पनि प्रमुख सचेतक गुरुङले जानकारी दिनुभयो । बैठकमा बजेटलाई कसरी जनमुखि र प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँडका विषयमा पनि सांसद र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुबीच एकरुपता ल्याउने विषयमा पनि बैठकमा छलफल गरिएको थियो । माओबादी संसदीय दलको बैठक भोलि बिहान पनि बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com