रुपन्देही, २४ वैशाख। प्रदेश नम्बर पाँचका सांसदहरुले लगाउने लोगो सार्वजनिक गरिएको छ । कार्यक्रम आयोजना गरी प्रदेश नम्बर पाँचका सांसदले लगाउने लोगो सार्वजनिक गरिएको हो ।
प्रदेश सभा सचिवालयका अनुसार १२ वटा नमूना मध्ये दाङको तुलसीपुर उपमहानगरपालिका–१ का खगेश्वर भण्डारीले तयार गरेको लोगो छनौट गरि सार्वजनिक गरिएको हो । भण्डारीलाई उत्कृष्ट लोगो तयार गरेको भन्दै २५ हजार नगदले पुरस्कृत गरिएको छ ।
लोगोमा सिस्ने हिमाल, गौतमबुद्ध जन्मस्थल लुम्बिनी, धान र जौका बाला तथा लैङ्गिक समानता झल्किने गरी तयार पारिएको छ । त्यस्तै प्रदेशसभा सचिवालयका कर्मचारीका लागि रुपन्देही तिलोत्तमा ९ मंगलापुरका सुधिर अर्यालले बनाएको लागो छनौट गरिएको छ ।
अर्याललाई नगद १५ हजार प्रदान गरिएको छ । दुवै लोगोको प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तिले सार्वजनिक गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्